दोलखाको शैलुङमा तेक्वान्दोको अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम तथा अनुसन्धान केन्द्रको शिलान्यास
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
रुमन श्रेष्ठ
चैत्र १४, तामाकोशी ।
दोलखाको शैलुङ गाउँपालिकामा अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र ९हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर० को सिलान्यास भएको छ ।
शैलुङ गाउँपालिका वडा न ८ स्थित कालापानीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सनिवार शिलान्यास गर्नुभएको थियो । नेपाल तेक्वान्दो संघ, अन्तर्राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष र शैलुङ गाउँपालिका बीच दुई वर्ष अघि छलफल गरि निर्माण प्रक्रिया अघि बढाउने समझदारी भएको थियो । समझदारी भए अनुसार यो तालिम केंद्र निर्माण गर्न थालीएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताउनु भयो ।
२८ सय मिटर उचाइमा निर्माण हुने यो तालिम तथा अनुसन्धान केन्द्र संसारमा बनेका थोरै स्थान मध्ये १ हुनेछ । करिब २७ करोडमा निर्माण सम्पन्न हुने हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको लागि सरकारले १० करोड यहीँ आर्थिक वर्ष विनियोजन गर्ने गरि स्रोत सुनिश्चित गरिएको छ र बाँकी रकम आगामी आर्थिक वर्षमा थप्दै जाने समझदारी बनेको छ । नेपाली तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले प्रशिक्षण र तालिम तथा उच्च उचाइ तालिम सम्बन्धमा अनुसन्धान गर्ने महत्त्वपूर्ण ठाउँ बन्ने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
18 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
18 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
2 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
2 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
3 दिन पहिले