नेपाल ट्रेड युनियन कांग्रेसकाे दाेस्राे केन्द्रीय समितिकाे बैठकले गरे १५ बुन्दे निर्णय सार्वजनिक
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपेश मल्लिक
जनकपुरधाम,माघ ८ गते । मधेश प्रदेश जनकपुरधाममा नेपाल ट्रेड युनियन काँग्रेसको दोस्रो केन्द्रिय समितिको बैठक सम्पन्न भएकाे छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष याेगेन्द्र कुमार कुंवरका अध्यक्षतामा भएका बैठकले श्रमजिविहरूकाे हकहित तथा अधिकार सुनिश्चित गर्न विगत सात दशक देखि सकृय भइ पहल गर्दै आएका वक्ताहरूले बताए ।
नेपाल ट्रेड युनियन कांग्रेसकाे महासचिव अजय कुमार राईद्वारा हस्ताक्षरित विज्ञप्ति वाट १५ बुन्दे निर्यहरू पत्रकार सम्मेलनका आयाेजना गरि सार्वजनिक गरेकाे छ ।
माघ ७ र ८ दुई दिने कार्यक्रमवाट बैठकले तपसिलका निर्णयहरू पारित गरेकाे हाे ।
१. नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव श्री अजय कुमार राईद्वारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष श्री संजय कुमार दाहालद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको छ ।
२. ट्रेड युनियन कांग्रेसको संगठन विस्तार, परिचलन, श्रमिक आन्दोलनलाई सशक्त बनाउन कार्ययोजनासहित अगाडि बढने र महासंघको कार्ययोजना निर्माण गर्न उपाध्यक्ष श्री गणेश बहादुर के.सी.को संयोजकत्वमा ११ सदस्यीय समिति पाठन गरियो ।
३. विगत लामो समयदेखि ट्रेड युनियन काँग्रेसले नेपाली काँग्रेसलाई सहयोग गर्दै आएपनि श्रभिकको प्रतिनिधित्वमा खासै चासो नदेखाइएकोमा बैठकमा गम्भीर छलफल भयो र आगामी दिनमा पार्टीसँग कस्तो सम्वन्ध हुने भन्ने विषयमा महासंघको अवधारण निर्माण गर्न बरिष्ठ उपाध्यक्ष श्री तेजेन्दजंग कार्कीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरियो र नेपाली काँग्रेसको आगामी महासमिति बैठकमका श्रमिक प्रतिनिधित्वका लागि दवाबमुलक कार्यक्रम गर्ने निर्णय गरियो ।
४. ट्रेड युनियन कांग्रेसको विधानमा व्यवस्था भए बमोजिम ८ वटा विभाग र ४ वटा सेलको संयोजक, सहसंयोजक र सचिव तोकियो :
५. शिक्षा ऐन, २०२८ लाई सरोकारवाला पक्षसँग सम्वाद गरी तत्काल संशोधन गर्नुपर्ने ।
६. विगत लामो समयदेखि प्राधिकारीक ट्रेड युनियनको निर्वाचन नियमित नभएकोले नियमित हुनुपर्ने ।
७. श्रम ऐन, र सामाजिक सुरक्षा योजना प्रभावकारी लागु गर्नुपर्ने ।
८. श्रम ऐनको दफा, १४५ लगायत श्रमिक विरोधी दफाहरु तत्काल संशोधन गराउन विशेष अभियान चाल्ने ।
९. उपदानमा लाग्दै आएको १५% करलाई ५% कायम गराउन महासंघले विशेष कदम चाल्ने ।
१० होटल लगायत सत्कार क्षेत्रमा श्रमिकले पाउँदै आएको सेवा शुल्क कायम हुनुपर्ने ।
११. श्रमिकलाई स्थानीय तहमा पञ्जिकरण गराउन विशेष अभियान थाल्ने ।
१२ विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको समायोजनले कर्मचारी कटौती तथा सेवा सुविधा एवं ट्रेड युनियन अधिकार कुण्ठित भएकोप्रति तत्काल नसच्चिए कडा अभियान चाल्ने ।
१३ उद्योगपती एवं सांसद विनोद चौधरीको उद्योग सि.जि ग्रुप, नवलपुरमा कार्यरत श्रमिकहरुले खाईपाई आएको सेवा सुविधाको माग गरि व्यवस्थापन पक्षसँग छलफल गर्ने क्रममा विवाद सृजना भएको र थुनिएका ९ जना श्रमिकलाई तत्काल रिहाई गरी २८ जन्ना श्रमिकलाई गरिएको निलम्वन तत्काल फिर्ता गर्नुपर्ने, नगरिएमा कडा कदम चाल्ने निर्णय गरियो ।
१५ कार्यस्वलबाट नै मताधिकार, विदेश जानुपूर्व दिने अभिमुखिकरण तालिममा वढाइएको शुल्क फिर्ता लिनुपर्ने र युवालाई स्वदेशमा नै रोजगारीको सृजना गराउनुपर्ने ।
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
4 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
4 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले