सबै जातजाति र भाषाको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, माघ १९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा रहेका सबै जातजाति र भाषाको पहिचान गरी संरक्षणको दायित्व सरकारले पूरा गर्नुपर्ने बताएका छन्।जनकपुरधाममा सुरु भएको चौथो ‘जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा अध्यक्ष नेपालले संविधानको भावनाअनुसार राज्यले सबै जातजाति तथा भाषाभाषीको संरक्षण गर्नुपर्ने बताए।
‘नेपालमा एक सय ३६ भन्दाबढी जातजाति, एक सय २५ भन्दा बढी भाषाभाषी छन्। ती सबैको पहिचान हुनुपर्छ र सबैको संरक्षणको दायित्व सरकारले लिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकार र अरु सबै पक्षले सहकार्य गर्नुपर्छ। पहिचान जोगाउन सके मात्रै स्वाभिमान कायम रहन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ ।’
मैथिली विकास कोष, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको आयोजना महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा सुरु भएको महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ।महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनी, नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँच भाषामा आठ वटा नाटक प्रस्तुत गरिने छ।साभार : काठमाडौं प्रेस
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले