जनताको समस्या राजनीति एजेण्डा बन्नुपर्छ : महामन्त्री थापा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
बर्दिबास, पुस १९ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताका समस्या र आवश्यकतालाई राजनीतिक मुद्दा नबनाएसम्म संविधान र लोकतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन महोत्तरी शाखाले सीमावर्ती नगरपालिका मनरा सिसवाको भोलहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।महामन्त्री थापाले अब पनि जनताका खेत खलिहान, शिक्षा, सिँचाई, रोजगारी, युवा पलायन जस्ता समुदायका समस्यालाई राजनीतिक विषय नबनाए जनतामा व्याप्त नैराश्य चिर्न र लोकतन्त्रको अनुभूति गराउन नसकिने धारणा राख्नुभयो । संवाद यात्राका क्रममा जनताबाट उठेका सवालहरूको एकीकृत दस्ताबेज तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गरिने जानकारी दिनुभयो ।
‘‘यो अभियान यात्रामा जनताले उठाएका आवाज खेर जान दिने छैनौँ, ७७ वटै जिल्लामा खटिनु भएका साथीहरू तथा केन्द्रीय नेताका रिपोर्ट प्राप्त भएपछि दस्ताबेज तयार पारेर अघि बढ्छौ ।’’ उहाँले भन्नुभयो, ‘‘यी दस्ताबेजलाई फागुनमा हुने महासमिति बैठकदेखि आगामी वर्षको बजेट निर्माणमा जनताका यी आवाजलाई समावेश गर्न संसद्को माध्यमले सरकारसम्म पुर्याउन सङ्गठित प्रयास गर्ने छौँ ।’’सानो बजेटले ठुलो फाइदा हुने सिँचाई जस्ता पूर्वाधारमा लगानी नगर्दा जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरू दुई दशक बढीले अलपत्र रहेको संवाद यात्राका क्रममा जानकारीमा आएको बताउनुहुँदै महामन्त्री थापाले यी सिँचाई योजनालाई अबको बजेटमा प्राथमिकतामा राख्न कांग्रेसले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।यसैगरी, उहाँले दुर्व्यसन समस्यालाई नेपाली कांग्रेसले जोडदार रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । ‘‘यो समस्या भयावह र डरलाग्दो छ’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘यसलाई एकीकृत रूपमा समाधान नगरिए एउटा पुस्ता नै दुर्व्यसनबाट समाप्त हुने जोखिम बढेको छ ।’’
साभार : गोरखापत्र
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले