पालिकाहरूले मैथिली भाषाको पाठ्यक्रम बनाउँदै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,माघ २१ गते । जनकपुरधाममा जारी रहेको पाँच दिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० अन्तर्गत मातृ “भाषामा शिक्षा” सम्बन्धि पाँचौँ शत्रमा परामर्श भएको छ ।
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र मैथिली विकास कोषको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाका सह–आयोजनामा भइरहेको महोत्सव अन्तर्गत आयोजना गरिएको परामर्शमा कार्यक्रममा सहभागी भएका स्थानीय तहका प्रमुखहरुले एक सयको मैथिली मातृ भाषाको पठन पाठन कक्षा १ देखि ८ सम्म पढाउने तयारी भइरहेको बताउनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले मैथिली मातृ भाषामा एकसय पूर्णाकको पाठ्यक्रम चैत्रभित्रमा छपाई गरेर वैशाख देखि लागु गर्ने गरि उपमहानगरपालिकाले तयारी अन्तिम चरणमा पुर्याएको बताउनु भयो ।
उहाँले पाठ्यक्रममा स्थानीय विषय वस्तुलाई समेटेर पाठ्यक्रमको निर्माण भइरहेको बताउँदै आउँदो शैक्षिक शत्र देखि स्थानीय पाठ्यक्रमको पढाई हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
महोत्तरीका मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकाले कक्षा १ देखि ८ सम्मा स्थानीय विषय वस्तु तयार पारेर पाठ्यक्रम तयारी भइरहेको जून मैथिली भाषामा नै पढाई हुने बताउनु भयो ।
उहाँले मधेश प्रदेशमा भएका सबै विद्यालयहरूमा स्थानीय भाषाको पाठ्यक्रममा एक रुपमा ल्याउन तथा मधेश प्रदेशका विषय वस्तु समेटेर प्रदेश सरकारले नै पाठ्यक्रमको विकास गर्न सकेको खण्डमा पाठ्य क्रममा एक रुपता पुगेर विद्यार्थीहरूलाई मधेश प्रदेशका विषयमा धेरै ज्ञान मिल्ने भएकाले यस तर्फ ध्यान दिन आवश्यक भएको बताउनु भयो ।
सर्लाही जिल्लाका चन्द्रनगर नगरपालिकाका प्रमुख राजकुमार महतोले स्थानीय भाषामा पाठ्यक्रम तयार गर्ने काम भइरहेको बताउँदै स्थानीय भाषाको पाठ्यक्रम वैशाख देखि लागु गरिने गरि अगाडी बढेको बताउनु भयो ।
धनुषा जिल्लाका जनकनन्दनी गाउँपालिका उपाध्यक्ष कमला सहगलले आफ्नो पालिकामा स्थानीय पाठ्यक्रम आसमान नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा मैथिली भाषामा पाठ्यक्रम तयारी पार्ने काम भइरहेको जानकारी दिनुभयो । महोत्सव भोलीसम्म चल्नेछ ।
साभार : रेडियो नेपाल
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 घन्टा पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 घन्टा पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
1 दिन पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
1 दिन पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले