तामाकोशी गाउँपालिकाले माग्यो ५० रोपनी जग्गा, नयाँ संरचना सहित निर्माण होला त पालिका भवन ?
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
जेष्ठ २०, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठक बसि विभिन्न लोकप्रिय निर्णयहरु गरेको छ ।
यसअघि तामाकोशी गाउँपालिकामा दुई तिहाई बहुमत पुग्न नसक्दा पालिकाको केन्द्र टुंगो लाग्न सकेको थिएन । जफे जामुनेमा कुनै पनि संरचना नभएका कारण पालिकाको स्थायी केन्द्रका लागि मानेडाँडा, जामुने जफे, छौंडे, गोल्माकोथान र मानेडाँडा मालु गैरागाउँमा राख्ने गरी चार स्थानको प्रस्ताव आएको थियो । भर्खरै सम्पन्न भएको स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अगामनसँगै पहिलो बैठकले नै पालिकाको स्थायी केन्द्र निधारण गरि नयाँ संरचना निर्माण लागि जग्गा दाताको आवान गर्ने निर्णय गरेको छ ।
नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले तामाकोशी गाउँपालिका वडा नम्बर तीन जफेको चनौटे देखि मालु सहरे सिमाना भित्र हावाँसम्म पुग्ने मुख्य सडक आसपासमा ५० रोपनी तथा सो भन्दा बढी जग्गा हुनु पर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले बताउँनु भयो । उहाँका अनुसार गाउँपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा पालिकाको उपयुक्त जग्गामा नमुना योग्य कृषि फर्मको निर्माण गर्ने र प्रयोगशालाको रुपमा विकास गर्ने निर्णय गरिएको छ । निर्णमाण हुने कृषि फर्ममा सम्पुर्ण काम कर्मचारी र जनप्रतिनिधिले गर्ने बताइएको छ ।
यस्तै गाउँपालिकाले सहकारी, बैंक, लगायतका बित्तीय संस्थाहरुमा बचत खाता खोली अभिभावकले मासिक १ सय बचत गरेको प्रमाणित रसिद पेश गरेपछि गाउँपालिकाले सोही खातामा १ सय बचत गरिदिने बैठकले निर्णय गरेको छ । पहिलो बैठबाट नै बैंकसँगको सहकार्यमा सामाजिक सुरक्षा भत्ता वडा तहबाट नै वितरण गर्ने लगाएतका निर्णय गरेको बताइएको छ ।
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
18 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
18 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
2 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
2 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
3 दिन पहिले