Janakpurdham
Mon, Mar 23, 2026
`

राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता शैक्षिक क्यालेन्डरमा समावेश गरिने : मेयर साह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम, फागुन १० गते । जनकपुरधाममा नगर स्तरीय तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

रामजानकी रंगशालामा बुधवार आयोजीत समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधाम नगरपालिकाका मेयर मनोज कुमार साहले विद्यालय स्तरीय राष्ट्रपति रनिडशिल्ड प्रतियोगिता शैक्षिक क्यालेन्डरमा समावेश गरिने बताए । 

नगर प्रमुख साहले प्रतियोगितामा ६ वटा गेम गराउन निधो भएपनि तीन वटा गेम एथलेटिक्स, भलिबल र कराते गराएर सिजन वनको सुरुवात भईसकेको ध्यानाकर्षण गराए । 

उनले जनकपुरधाममा सामुदायिक तथा संस्थागत गरि करिब १ सय ५० विद्यालय भएकाले दश दिन पहिला पूर्व सूचना दिएर विद्यार्थीहरुलाई तयार गरि सिजनटुको लागि राष्ट्रपति रनिड शिल्ड प्रतियोगिता गरिने उल्लेख गरे । 

उनले राष्टपति रनिड शिल्ड प्रतियोगिताका लागि छुटै बजेट बिनियोजन गरिने जानकारी दिए ।

उनले विद्यार्थीहरुलाइ बढि मोवाईल चलाउनवाट आकर्षण हटाई फिजकल तथा मेन्टल फिटनेस बढाउन खेल संगै पढाइकाे आवश्यकता रहेको जनाए । 

उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडिको क्रेज बढि देखिएकाले मधेश प्रदेशलाई खेलमा अग्रसरता लिन मनाेवल बढाए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष पुण्य प्रताप यादवकाे अध्यक्षतामा भएकाे खेलमा एथलेटिक्स प्रशिक्षक कनहिया कर्णले प्रतियोगितामा १२ वटा विद्यालयहरू सहभागी रहेका जनाए ।

उनले जनकपुरधाम उपमहानगरपालिकाद्वारा गेममा भएकाे ब्यवस्थापन सराहनीय रहेकाे बताए ।

कराते प्रशिक्षक लभ यादवले खेलले खेलाडिहरूका मन मस्तिष्कको विकास हुनुकाे साथै एकाग्रता बढाउनमा मद्दत पुग्छ भने ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा वडाअध्यक्ष मिथिलेश कर्ण, परमेश्वर साह, जितबहादुर राउत, शिक्षा शाखाका अञ्जु पाण्डे लगायतका उपस्थिति रहेका थिए ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

23 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

23 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले