तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका स्थानियले गाउँपालिकालाई ५० रोपनी जग्गा हस्तान्तरण
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
असार ७, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका स्थानियले गाउँपालिकालाई ५० रोपनी जग्गा हस्तान्तरण गरेका छन ।
दोलखाको तामाकोशी गाउँपालिकामा स्थायी केन्द्र निर्धारण र संरचना निर्माणका लागि गाउँपालिकाको वडा नम्बर ४ मालुको छापडाँडामा ५० रोपनी व्यक्तिको नाममा रहेको जग्गा गाउँपालिकालाई उपलब्ध गराउँने निर्णयसँगै आबश्यक निर्णय गाउँपालिकालाई गस्तान्तरण गरेका हुन ।
तामाकोशी गाउँपालिकाले स्थायी केन्द्र निधारण र संरचना निर्णमाणका लागि पहिलो बैठकबाट निर्णय गरि गाउँपालिकाको वडा नम्बर ३ जफेको चनौटे देखि सहरे मालुको सिमाना भित्र पिच सडकको केहि दुरीमा पर्ने गरि जग्गा उपलव्ध गराउँन सूचना जारि गरेको थियो । सोहि सूचनालाई आधारमानि गाउँपालिकाको वडा नम्बर ४ मालु छापडाँडको जग्गा उपलव्ध गराएको संयोजक पुष्कर खड्काले जानकारी दिनु भयो ।
संयोजक खड्का अनुसार विभिन्न व्यक्तिहरुको नाममा रहेको ३३ कित्ता जग्गा सवै जग्गाधनीहरुको छलफलबाट गाउँपालिकालाई आवश्यक पर्ने जग्गा निशुल्क उपलव्ध गराउँने निर्णय भएको हो । यस भन्दा अगाडी जफेको मानेडाँडमापनि पालिकाका लागि केहि सार्वजनिक सहित आवश्यक जग्गा हस्तान्तरण गरिएको सार्वजनिक गरिएको थियो । केहि जग्गामा विवाद रहेपनि हामीले सवै विवाद मिलाएर सवैको सहमति अनुसार जग्गा हस्तान्तरण गरिएको वडा नम्बर ४ मालुका वडा अध्यक्ष नारायण खड्का सुरजले बताउँनु भयो ।
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
16 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
16 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
2 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
2 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
3 दिन पहिले