Janakpurdham
Mon, Mar 23, 2026
`

नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल धनुषा र सिरहा जोड्ने कमलामा निर्माण

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन १० गते । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल धनुषा तथा सिरहालाई जोड्ने कमला नदिमा निर्माण सम्पन्न भएको छ ।नेपाल सरकारको ३४ करोडको लगानीमा निर्माण भएको सो झोलुङ्गे पुलको लम्बाई १५००.४४ मिटर र चौडाई १.२ मिटर रहेको निर्माणमा विना पारिश्रमिक लिएर प्राविधिक सहयोग गर्नु भएका इन्जिनियर विनोद कुमार मण्डलले जानकारी दिनु भएको छ । 

नेपाल सरकारको स्थानीय पूर्वाधार विभाग झोलुङ्गे पुलको रेखदेखमा निर्माण भएको सो पुलको भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको छ भने एक पटकमा ३ हजार ८६ जना व्यक्ति ओहोर दोहोर गर्न मिल्ने भएको इन्जिनियर मण्डलले बताउनु भयो । 

यस अघि नेपालको सबै भन्दा लामो पुल दोधारा चाँदनीको रहेकोमा अव कमला नदिमा निर्माण भएको झोलुङ्गे पुल सबै भन्दा ठूलो भएको इन्जिनियर मण्डलले जानकारी दिनु भयो । सपना उमा थानी निर्माण सेवाले डेढ वर्ष लगाएर उक्त पुलको निर्माण भएको छ ।

कमला नदिमा झोलुङ्गे पुलको निर्माण भएपछि धनुषा तथा सिरहा जिल्लाका लाखौँ व्यक्ति लाभान्वित भएका छन् । मोटरसाइकल, साइकल, पैदल यात्री ओहोर दोहोर गर्न मिल्ने भएपनि मझौला तथा ठूला सवारी साधन चल्ने अवस्था रहेको छैन । कमलामा १३ वर्ष देखि निर्माण भएको पक्की पुल निर्माण नभएपछि वैकल्पिक रुपमा सर्वसाधारणले झोलुङ्गे पुलको प्रयोग गर्ने भएको छ ।  

कमला नदिमा निर्माण भएको सो पुलको प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन १२ गते पर्सि शनिवार उद्घाटन गर्नु हुने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिनु भएको छ । पुल धनुषाको जनक नन्दनी वडा नंं ६ र सिरहाको मलहनीयालाई जोड्ने काम गरेको छ । 

साभार : रेडियो नेपाल

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

23 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

23 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले