मिथिला माध्यमिकी यात्राका सहभागी महोत्तरीमा
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
महोत्तरी ,फागुन ३० गते । मिथिला माध्यमिकी यात्राका सहभागी आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत शुक्रबार धनुषाको मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी मन्दिरबाट थालिएको सो यात्राका सहभागी चौथो दिन महोत्तरी प्रवेश गरेका हुन् । सहभागीलाई नेपाल–भारत सीमा दशगजा क्षेत्रवारि नेपाल प्रवेशद्वारमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले स्वागत गरेका थिए ।
गत शुक्रबार ठेराकचुरीबाट श्रीरामको प्रतिमा राखिएको डोला अघि लगाउँदै यात्रा सुरु भएको थियो । सोही दिन जनकपुर पुगेपछि अग्निकुण्ड मठबाट सीताको प्रतिमा राखिएको डोला मिसिएपछि सीताराम सङ्कीर्तन गाउँदै पहिलो दिन परम्पराअनुसार धनुषाको हनुमानगढीमा सहभागी बास बसेका थिए । यसैगरी दोस्रो दिन भारतको कल्याणेश्वर र तेस्रो दिन भारतकै गिरिजास्थान बास बसेका सहभागी आज चौथो दिनको विश्रामका लागि मटिहानी आइपुगेका हुन् ।
आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन् ।
यात्राको चौथो दिन मटिहानी आइपुगेका सहभागी अब आठौँ दिनसम्म महोत्तरी रहनेछन् । चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रि विश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् । नेपाल र भारतको गरी जम्मा एक सय ३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । यसमध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् ।
अघि त्रेतायुगमा श्रीराम र सीताले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा १८औँ शताव्दीमा सुुरु भएको बताइएको छ । रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक ९अलौकिक० भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गो खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।
यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरूले संयोजन, समन्वय गर्दै आएका छन् ।
फागुन औँसीबाट सुुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी यो यात्रा सम्पन्न गरिन्छ । यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामस्थलको परम्परा रहँदै आएको छ ।साभार : नेपाल प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
22 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
22 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले