Janakpurdham
Mon, Mar 23, 2026
`

सर्लाहीमा मन्दिरको मूर्ति तोडफोड गर्ने बैठा पक्राउ, हुनसक्छ ५ वर्ष कैद

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,चैत १ गते । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित झिलिमिलिया मन्दिरको मूर्ति तोडफोडको व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका ८ का ३३ वर्षीय राकेश बैठा छन् । बुधवार बैठालाई सर्लाही प्रहरीले पक्राउ गरी धर्म सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी कारबाही अगाडी बढाएको छ ।

सर्लाहीका प्रहरी प्रमुख एसपी श्याम कुमार महतोले घटनास्थलमा रहेको सबुत प्रमाणको आधारमा बैठालाई पक्राउ गरेको जानकारी दिए । उनका अनुसार मंगलवार राति मूर्ति तोडफोड गरिएको थियो । 

प्रहरीले जिल्ला अदालत मलंगवाबाट दिन ५ दिनको म्याद थप गरी बैठामाथि अनुसन्धान तथा कारबाही अगाडि बढाएको छ ।

मन्दिरमा मूर्ति तोडफोडको विरोधमा स्थानीयले मलंगवा बजार बन्द गराएको थियो ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पु(याउने कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

साभार : नेपाल प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

21 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

21 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले