सुनसरीमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति, कर्फ्यु बिस्तारै हटाइने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
विराटनगर, चैत २४ : फेसबुकमा राखेको भिडियोका कारण सुनसरी हरिनगर गाउँपालिकामा सुरु भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीकाे आह्रवानमा शनिबार बसेको सर्वदलीय-सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो।

विवादले अप्रिय घटना हुन सक्ने देखेपछि सुनसरी हरिनगर गाउँपालिकामा भएको शुक्रबार बेलुकाबाट सुनसरीको इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू कर्फ्यू बिस्तारै हटाउने सहमति भएकाे सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले बताए ।
बैठकमा दुवै पक्षले गरेका गतिविधि फिर्ता लिने, कर्फ्यूलाई सहज बनाउँदै लैजाने र हटाउने, झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्ने र आवश्यकताका आधारमा छानविन आयोग गठन गर्ने सहमति भएको छ। समस्या सामधानका लागि प्रदेश सांसदहरूलाई जिम्मेवारी दिने सहमति पनि भएको उनले बताए।

शुक्रबार दिनभर अशान्त रहेको ती पालिका कर्फ्युका कारण जनजीवन पनि कष्टकर बनेकाे छ। शुक्रबार दिनभरजसो तनावग्रस्त बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका थिए।
साभार : काठमाडौं प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
19 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
19 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले