Janakpurdham
Mon, Mar 23, 2026
`

कतार जान टिकट लिइसकेका युवक जनकपुरको होटलमा मृत फेला

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,वैशाख १२ गते । जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी होटलको २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यादव मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेका थिए । उनी झुण्डिएको कोठाको ढोका खुल्ला रहेकाे थियाे ‌। उनलाई मृत देखेपछि होटल संचालकले प्रहरीलाई खबर गरेर भागेका थिए । 

मृतकका नातामा दाई पर्ने राकेश यादवले घटना शंकास्पद गरेको बताए । उनले भने, ‘झुण्डिएको कोठा खुल्ला छ । सही सत्य के हो? होटलको सीसी क्यामेरा हेरेर प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’

 उनका अनुसार मित अविवाहित छन् । कतारबाट एक महिना अगाडि मात्रै विदामा आएका थिए । अगामी महिनाको ५ तारिखमा पुनः कतार जानका लागि टिकट समेत लिइसकेका थिए ।

होटल छाडेर भागेका संचालक (नाम खुल्न नसकेको)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘अहिले भर्खर मुचुल्का बनाएर शव पोस्टमार्टमका लागि पठाएर आएका छौं । मृतकका आफन्तसंग बुझ्न बाँकी छ ।’

साभार : नेपाल प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

19 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

19 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले