Janakpurdham
Mon, Mar 23, 2026
`

प्लान ईन्टरनेशनलद्वारा तीन दिने आर्ट इज पावर सम्बन्धि कार्यक्रमको आयोजना

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपेश मल्लिक

जनकपुरधाम, वैशाख १२ गते । किशोरी र युवा सशक्तिकरणका लागि प्लान ईन्टरनेशनलद्वारा बैशाख १० देखि १२ गते सम्म तीन दिने आर्ट इज पावर सम्बन्धी कार्यक्रमको आयोजना भएको छ । धनुषाका सबैला नगरपालिका, शहिदनगर नगरपालिका, कमला नगरपालिका र जनकनन्दी गाउंपालिका गरि जम्मा ५ वटा पालिकावाट २० जना किशोरीहरुको सहभागिता रहेका छन् । कला नै शक्ति हो कार्यशाला आयोजनामा किशोरीहरुले बनाएका चित्रहरु बुधवार एक भव्य समारोह बीच प्रदर्शनी गरिएको हो ।

प्लान ईन्टरनेशनलकी लक्ष्मी चौधरीले पितृसत्तात्मक समाज भएका कारण किशोरीहरु खुलेर बोल्न नसकेको धारणा राखिन् । उनिले किशोरीहरुको कौशल विकास तथा सामाजिक सुधारका लागि कला शक्तिको रुपमा रहेको ध्यानाकर्षण गराईन् । उनले किशोरीहरुको लागि सुरक्षित स्थान नभएकोले कलाको माध्यमवाट आफ्नो समस्याहरु प्रस्तुत गर्ने उल्लेख गरिन् ।

आसमान नेपाल र सामुदायिक परिवार कल्याण संघ जनकपुरको साझेदारीमा भएको कार्यक्रममा प्लान इन्टरनेशनलकी युथ कोर्डिनेटर स्मीता थापा , आसमान नेपालीकी रेखा यादव , सविता साह, संजीव सिंह लगायतको उपस्थिति रहेको थियो ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

19 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

19 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले