Janakpurdham
Mon, Mar 23, 2026
`

बालमिकी स्थानमा केहि गलत व्यक्तिकाे समुहले दुखः दिन खोजेको महन्थ दास त्यागिको आरोप  

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख २८ गते ।महोत्तरी बलबा नगरपालिका वडा नं. ५ अन्तर्गत रहेको बालमिकी स्थान भगवानको मन्दिरमा केहि गलत व्यक्तिहरुको समुहले दुखः दिन खोजेको आरोप महन्थ रामशंकर दास त्यागीले लगाएको छ । 

शुक्रवार बालमिकी स्थानका महन्थ त्यागीले पत्रकार सम्मेलनको आयोजना गरि आरोप लगाएको हो । 

उनले गुरु सिस्य परम्परा अनुसार गुरुदेव रामशोभा दासको नाउंमा दर्ता रहेको मन्दिरको सात कठ्ठा जग्गा निजि गुठ्ठिको रुपमा भगवान बालमिकीको नाउमा रहेको उल्लेख गरे ।   

महन्त दास त्यागीले मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई कुनै प्रकारको बन्देज नरहेको बताए । उनले बालमिकी मन्दिर शिष्यहरुको सहयोग तथा स्थानकै उब्जाबाट चलेको ध्यानाकर्षण गराए । 

उनले केहि व्यक्तिहरुको जमातले मन्दिरको छानामा पाथरवाजी गरेको र मन्दिरको ढोका बन्द नगर्नका लागि धाक–धम्की समेत दिएको आरोप लगाए । 

उनले परोल बजार कारीक बाबाको मन्दिरमा सोमवार र शुक्रवार बलि चढाउने प्रथा रहेकोले मांसमदिरा खानपान गरेका व्यक्तिहरु बलजपति बालमिकी मन्दिर भित्र प्रवेश गर्न खाेजेकाे आराेप लगाए ।

उनले किशानी गर्नेहरु आफ्नो खेतीमा व्यस्त रहेको र गाउंलेहरु पनि कुनैप्रकारका असहयोग नगरेको जनाए । महन्त दासले जिउधनको सुरक्षाको मांग गर्दै मन्दिर भित्र कुनै प्रकारको असोभनिय क्रियाकलाप नहुन दिनका लागि सम्बन्धित निकायलाई आग्रह गरे । 

त्यस्तै, उनले विदेशी नागरिकले पनि बलबा नगरपालिकामा जन्मशिद्ध तथा वंशज नागरिकता लिएको दावी गरे । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता छानविन गर्नका लागि उजुरि दिएको ध्यानाकर्षण गराए ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

16 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

17 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले