Janakpurdham
Mon, Mar 23, 2026
`

सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरद्वारा अभिभावक शिक्षा कार्यक्रमकाे आयाेजना

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ ९ । धनुषा विदेह नगरपालिका वडा नं. ७ नवटोलिमा गर्भवति महिला तथा पांच वर्ष सम्मको बालबालिकाको अभिभावकहरुलाई समूह बनाई महिनै पिच्छे अभिभावक शिक्षा कार्यक्रम दिने गरेको छ । 

सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरको आयोजना र विदेह नगरपालिकाको समन्वयमा बुधवार सञ्चालित कार्यक्रममा सहभागीहरुलाई अभिभावकको मुख्य दायित्वको बारेमा सशक्त बनाउन प्रशिक्षण दिईएकाे हाे ।

सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरका फिल्ड सुपरभाईजर दिव्या झाले कार्यक्रममा २० जना महिलाहरु सहभागि रहेका बताईन । 

उनले डिहबार बाबा अभिभावक समूह र मां भगवती अभिभावक शिक्षा समूह गरि दुईटा समूह रहेको खुलाईन । 

उनले कार्यक्रममा सहभागिहरूलाई बाल सन्देश शिक्षाका संगै बालबालिकाहरूलाई हाैसला बढाउन उत्प्रेरणा प्रदान गर्नका लागि प्रेरित गरेकाे बताइन् ।

विदेह नगरपालिका गिद्दा हेल्थ पोष्टका कर्मचारी एवं प्रशिक्षक अरविन्द गोईतले बालबालिकाकाे भावना बुझी कुनै प्रकारकाे शारीरिक यातना नदिई प्रेम पूर्वक व्यवहार गर्न अभिभावकलाई प्रेरित गरे ।

उनले बालबालिकाकाे मस्तिष्क विकासमा वंशानुगत गुुण तथा वातावरणकाे प्रमुख भूमिका रहेकाे जनाए ।

नवटाेलीकी महिला स्वयमसेविका एवं सहजकर्ता खुस्बु दासले प्लान इन्टरनेशनल नेपाल कार्यक्रमका मुख्य सहयोगीको रुपमा रहेको बताईन ।

उनले अभिभावक शिक्षा कार्यक्रमले हामी सहभागी महिलाहरूलाई बालबालिकाकाे जिम्मेवारी प्रति संम्वेदनशिल गरेकी धारणा राखिन् । कार्यक्रममा विदेह नगरपालिकाका सह संयाेजक नजिर नदाफ पर्यवेक्षकका रूपमा रहेकाे थियाे ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

14 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

14 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले