Janakpurdham
Mon, Mar 23, 2026
`

साना व्यवसाय संचालन गर्न महोत्तरीमा सामग्री वितरण

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम जेठ १२ गते । जिविकोपार्जनका लागि साना व्यवसाय संचालन गर्न महोत्तरी जिल्लाका दुई पालिकाका सेवाग्राहीलाई सामग्री वितरण गरिएको छ । इस्लामिक रिलिफ युएसए को आर्थिक सहयोग र इस्लामिक रिलिफ नेपालको प्राविधिक सहयोग तथा दलित समाज उत्थान समिति नेपालको सहजिकरणमा संचालित उत्थानसिल सामुदायको निर्माण परियोजना अन्र्तगत महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका वडा नं. २ र ७ तथा बलवा नगरपालिका वडा नंं १ र ३ का साना व्यवसायको लागी बिहिबार र शुक्रबार सो सामग्री वितरण गरिएको हो । सामग्री वितरण कार्यक्रम अन्र्तगत लोहरपट्टी नं.पा.मा ३ जना लाभग्राहीलाई नास्ता पसल संचालन गर्न सामग्री र २१ जना लाभग्राहीलाई किराना पसलका सामग्रीहरु लोहरपट्टी नं.पा.वडा नं.७ का वडा अध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा वितरण गरियो ।

दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष सुनिल ठाकुरको प्रमुख अतिथि तथा इस्लामिक रिलिफ नेपालका उत्थानसिल सामुदायको निर्माण परियोजनाको परियोजना अगुवा दिपेन्द्र चौधरीको बिशिष्ठ अतिथ्यमा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । त्यसै गरी बलवा नगरपालिका वडा नं.३ मा ५ जना लाभग्राहीहरुलाई नास्ता पसलका सामग्री र १५ जना लाभग्राहीलाई किराना पसलका सामग्रीहरु बलवा नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष राम शरण यादव को अध्यक्षता तथा दलित समाज उत्थान समिति नेपालका संस्थापक अध्यक्ष सुनिल ठाकुरको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।

इस्लामिक रिलिफ नेपालका उत्थानसिल सामुदायको निर्माण परियोजनाको परियोजना अगुवा दिपेन्द्र चौधरी बिशिष्ठ अतिथिको उपस्थितिमा सो सामग्रीहरु वितरण गरिएको छ । सो परियोजना अन्तरगत खैलोना पसल, जुत्ता चप्पल पसल, सिलाई कटाई पसल, भाडा वर्तन र कस्मेटिक पसलहरुको सामग्रीहरु साना व्यवसायको लागी उघमशिलता विकास तालिम लिएको २१ जना लाभग्राहीको वितरण गरिने योजना रहेको उत्थानसिल सामुदायको निर्माण परियोजनाको कार्यक्रम संयोजक उमेश साहले जानकारी दिनु भयो ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

14 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

14 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले