Janakpurdham
Mon, Mar 23, 2026
`

जनकनन्दिनीमा गर्लस स्टाएनडिङ स्ट्रोङ परियोजनाको समिक्षा बैठक सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 

 जनकपुरधाम ,जेठ १६ गते । बालबालिकाहरुको उचित पालनपोषण तथा उत्तरदायि स्याहार र पुर्ण क्षमतालाई बलियो बनाउने उद्देश्यले धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकामा संचालित गर्लस स्टाएनडिङ स्ट्रोङ परियोजनाको पालिका स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक बिकास र अनुसन्धान केन्द्र तथा सामुदायिक परिवार कल्याण संघको सहकार्यमा विदेह नगरपालिकाको समन्वयमा संचालित सो परियोजनाको बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । सो बैठकमा बोल्दै सामुदायिक बिकास र अनुसन्धान केन्द्रका अध्यक्ष मञ्जु यादवले जनचेतनाका लागि आफुहरुले पालिका स्तरमा बालबालिकाहरुको सम्पुर्ण विकासका लागि कार्यगर्दै आएको बताउदै अगामी दिनमा पालिकाले यस्तो कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । परियोजनाले गर्भमा रहेको बालबालिकाहरुको विकास देखि नै उनिहरुको पुर्ण क्षमताका लागि कार्यक्रम संचालन गरिरहेको बताउनु भयो । सो समिक्षा बैठकमा बोल्दै जनकनन्दिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सैलेश यादवले उक्त परियोजनाको असर दिर्घकालिन रहेकोले तत्काल फाइदा नदेखिन पनि सक्ने बताउनु भयो ।

गर्भबस्था देखि शिशु र उसको आमाको स्वास्थ संग सम्बन्धित रहि बालबालिकाको विकासका लागि संचालित गर्लस स्टाएनडिङ स्ट्रोङ परियोजनाले किशोरीहरुको क्षमता विकासमा कोषेढुङगा सावित हुने बताउन्ु भयो । सो बैठकको अध्यक्षता गर्नुभएका गाउँपालिका उपाध्यक्ष कमला सहगलले परियोजनामा सहभागि भएका आमा समुह, बलबालिकाहरुका धेरै साकारात्मक परिवर्तन भएको जानकारी दिनुभयो ।

अहिले पालिकाको ३ वटा वडामा संचालित यो परियोजनालाई आगमी दिनमा अन्य वडामा समेत संचालन गर्न दातृनिकाय संग आग्रह गर्दै लागुपदार्थ दुव्यसनबाट युवा जमातहरु विग्रिरहेकाले उनिहरुको क्षेत्रमा समेत कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । समिक्षा बैठकमा जनकनन्दिनी गाउँपालिकाका विभिन्न वडाका स्वास्थ्य चौकी प्रमुखहरुले यो परियोजनाले ग्रामिण महिलाहरुमा गर्भावस्थामा खानुपर्ने औषधिहरुको बारेमा, प्रारम्भिक बालविकासका बारेमा, सुनौलो हजार दिन लगायतका विषयमा जानकारी भएको बताउनु भयो । यो परियोजनाले पुरुषहरुलाई पनि आफ्ना सन्तान प्रतिको दायित्व बोध गराई घरमा आमा जस्तै बुवाहरुले पनि गर्नुपर्ने कामहरुका बारेमा जनचेतना जगाउन परियोजना सफल भएको स्वास्थ्यकर्मीहरुले बताएका थिए ।

सो समिक्षा बैठकमा नेतृत्व र निर्णय परियोजना अन्तरगत बालिकाहरु र युवा महिलाले परिवर्तनको नेतृत्व गने, आफ्नो शरीर माथि आफ्नै निर्णय गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको परियोजना संयोजक यमलाल साशंकरले जानकारी दिनुभयो । उहाँले एक वर्ष सम्म पयिोजना अनतरगत भएका कामहरुको बारेमा सहभागीहरुलाई एक वर्षमा गरेको कामको समिक्षा गर्दै कार्यपत्र मार्फत जानकारी गराउनु भयो । त्यस्तै सामाजिक विकास र अनुसन्धान केन्द्रका तर्फबाट गर्लस स्टाएनडिङ स्ट्रोङ परियोजनाका परियोजना संयोजक विवश श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभयो ।उहाँले अहिले सम्म भएको कामको बारेमा जानकारी गराउनु भएको थियो । यो परियोजना जनकनन्दिनी गाउँपालिकाको वडा नं. ३,४र ६ मा संचालित छन् ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

14 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

14 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले