ॐआरसीएसका विद्यार्थीद्वारा बिद्यालय क्षेत्रमा बृक्षारोपण सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ १८ गते ।अत्यधिक गर्मीका कारण जहाँ जनकपुरधाम उपमहानगरपालिकाले शैेक्षिक संस्थाहरुलाई पाँच दिनका लागि बन्द गर्ने निर्णयको पालना गरी बिद्यालयहरु बन्द रहेको बेला जनकपुरधाम १ स्थित ॐ आरसीएस स्कुलका बिद्यार्थीहरुले बिद्यालय क्षेत्रमा बृक्षारोपण गरिएको छ । रुख बिरुवाको कटान भईरहदा गर्मी संगैँ पानीको हाहाकार भईरहेको बेला मात्र कितावी ज्ञान भन्दा बिद्यार्थीहरुले नै बिभिन्न समुह बनाएर सीता चौक क्षेत्रका विभिन्न ठाउँ नीम, पिपल लगायतका विरुवाहरु रोपेका छन् ।
सो विद्यालयका प्रधानाध्यापक अवधेश तिवारीको अध्यक्षता र शिक्षकद्वय शरद कुमार झा तथा जीवन आलेको संयोजकत्वमा सो क्षेत्रका खाली जग्गाहरुमा बिभिन्न जातका ५० वटा विरुवा लगाइएको शिक्षक झाले जानकारी दिनुभयो । ‘वातावरण जोगाँउ, पर्यावरण जोगाँउ’ जस्ता विषयमा विभिन्न मञ्चमा भाषण मात्र दिएर हुदैन त्यसको लागि नियमित रुपमा सानै देखि बालबालिकाहरुलाई रुखको महत्वका बारेमा जानकारी गराई उनिहरुबाट नै बृक्षारोपण गराउँदा भविश्यमा यस्ता कार्यहरु प्रति विद्यार्थीहरुको रुची बढ्ने भएकाले यो सराहनीय काम रहेको वातावरणका क्षेत्रमा काम गर्ने ग्रीन स्पेस नेपालका अध्यक्ष धीरज साहले जानकारी दिनुभयो । सो बृक्षारोपण कार्यमा ॐ आरसीएस स्कुलका बिद्यार्थीहरु बिबेक साह,निशान्त ठाकुर,कुशल मंडल,सोनु मिश्रा लगायत कक्षा ८,९ र १० का छात्रछात्राहरुले बृक्षारोपण कार्य सम्पन्न गरेको शिक्षक झाले जानकारी दिनुभयो ।
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
13 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
13 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले