Janakpurdham
Mon, Mar 23, 2026
`

धनुषाको शहीदनगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,जेठ २१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर र नक्कली ठेकेदार कम्पनी खडा गरी दुई लाख ७५ हजार रुपैयाँ राज्यकोशको दुरुपयोग गरेको आरोपमा अख्तियारले आइतबार सावनकुमारसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नक्कली योजना र ठेकेदार खडा गरी सरकारी रकमको हानीनोक्सानी गरेको अभियोगमा आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार रुफ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन कम्पनीको नक्कली लेटरप्याड प्रयोग गरी प्रबन्धको नक्कली हस्ताक्षर प्रयोग गरी उक्त कम्पनीको अधिकारप्राप्त व्यक्ति इन्जिनियर रमेशकुमार चौधरी बनेका थिए । त्यसपछि विद्यालयको पर्खाल लगाउने काम सकिएपछि भुक्तानी गर्ने क्रममा दुई लाख ७५ हजार रुपैयाँ घुस लेनदेन गरेको अख्तियारको आरोप छ ।

साभार : नेपाल प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

13 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

13 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले