जनकपुरधाम बसहियामा पर्यावरण मैत्री शौचालय निर्माण
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, जेठ २२ गते ।
British Council र नेपाल युवा संस्था संजालको सहकार्यमा जनकपुरधामका युवा अभियानी आभाष कर्णले पर्यावरण मैत्री शौचालयको निर्माण गराएका छन् ।
उनले खुल्ला दिसा पिसाब मुक्त अभियानको परियोजना अन्तर्गत युवा समुहहरु आयुष कर्ण र सिता पौडेलले सहयोग गरेको जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ वडा कार्यालयवाट सिफारिस प्राप्त भएको मुसहर, चमार र अति विपन्न चार परिवारको घरमा शौचालय निर्माण भएको जनाए ।
उनले बसहियाका अकलु सादा, रामनाथ सादा, सुरेश पासवान र शम्भु कर्ण भन्ने व्यक्तिहरुको घरमा शौचालय निर्माण भएको उल्लेख गरे ।
उनले गाउं घरमा पाइने सामग्रीहरु बांस, माटो, रारी, खर, जस्ता सामानहरुको प्रयोग गरी पर्यावरण मैत्री शौचालयको निर्माण भएको ध्यानाकर्षण गराए ।
उनले बाढि तथा पहिरो आएको बेला खुल्लामा दिसा पिसाबले प्रदुषण हुने भएकोले न्यूनिकरण गर्नका लागि पर्यावरण मैत्री शौचालय नमूनाको रुपमा स्थापित हुने जोड दिए ।
उनले शौचालयमा प्रयोग भएको सामानहरु पर्यावरण मैत्री भएकोले वातावरणमा कुनै नकारात्मक असर नपर्ने दावी गरे । साथै निर्माण खर्च पनि कम लाग्ने भएकोले धनी देखि गरिब सम्मको घरमा पुग्ने भएकोले सहज र सरल हुने धारण राखे ।
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
13 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
13 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
2 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
2 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
3 दिन पहिले