Janakpurdham
Thu, Mar 26, 2026
`

लोकतन्त्र र संघीयता रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह : सहमहामन्त्री यादव

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । नेपाली काँग्रेसका सहमहामन्त्री एवम पुर्व खानेपानी मन्त्री महेन्द्र यादवले संविधान र गणतन्त्र रक्षाका लागि राजनीतिक दलहरूबीच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता रहेको बताउनु भएको छ । उहाँले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभएको छ ।
बुधवार धनुषा निर्वाचन क्षेत्र नं.४(१)को जनकपुरधाम उपमहानगरपालिकाको वडा नं २१ कुर्थाको घरदैलो कार्यक्रममा गठबन्धनको उम्मेदवारको पक्षमा मत माँग्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेपाली काँग्रेसबाट धनुषा निर्वाचन क्षेत्र नंं. ४(१) वाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका शेषनारायण यादवले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताउँदै संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न अपील गर्नुभयो । उहाँले नेपाली काँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले लोकतन्त्र र संघीयता संस्थागत गर्न सक्ने भएकोले गठबन्धनको उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्नु भयो ।
नेपाली काँग्रेस जनकपुरधाम उपमहानगर–पालिकाको वडा नं २१ को सभापतिको अगुवाईमा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 
 

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

16 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

16 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

2 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

3 दिन पहिले