Janakpurdham
Mon, Mar 23, 2026
`

महोत्तरीमा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धि तीन दिने तालिम सुरु 

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, जेठ २८ गते । महोत्तरी जलेश्वरमा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम तालिम सोमवार देखि शुरु भएको छ ।

वर्ल्ड भिजन नेपालको आर्थिक सहयोग र दलित समाज उत्थान समिति नेपाल जलेश्वरको आयोजनामा संचालित सो तालिममा सहभागीहरुलाई सशक्त बनाउन प्रशिक्षण दिइदै छ ।

महोत्तरी गाउंपालिकाका समन्वयमा सञ्चालन भएको तालिममा २५ जना वाल मैत्री स्थानीय शासन समितिको पदाधिकारीहरुको सहभागीता रहेका छन् । 

प्रशिक्षार्थीहरु सहभागी रहेको तालिममको उदघाट्न सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै वर्ल्ड भिजन नेपाल महोत्तरीका जिल्ला इन्चार्ज दिलिप यादवले बालमैत्री स्थानीय शासन तथा बाल संरक्षण सम्बन्धी नीति तथा कानून निमाण गर्न जोड दिने बताउनु भयो ।  

तालिमवाट सहभागिहरु बालबालिकाको सुरक्षा, संरक्षण, विकास तथा हितको लागि अभियन्ताको रुपमा कामगर्ने धारणा राख्नु भयो । 

उनले वर्ल्ड भिजन नेपाल विभिन्न सूचकहरुमा काम गरिरहेको ध्यानाकर्षण समेत गराउनु भयो ।

दलित समाज उत्थान समिति नेपाल जलेश्वरकी अध्यक्ष डेजि पाण्डेले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न सरकारी, गैरसरकारी र अन्य सरोकारबालाहरुबीच समन्वय, सहकार्य र साझेदारी गरि मिलेर जान आग्रह गरिन् । 

उनिले बालबालिकोको सर्वाङीन विकासका लागि विना कुनै भेदभाव गुणस्तरी शिक्षा तथा स्वास्थ्यमा सवैलाई लगानी गर्न प्रेरित गरिन् । 

सम्सी गाउंपालिकाका महिला बालबालिका तथा अपाङ्ग शाखाका प्रमुख संजय मण्डलले पालिकामा कुनै पनि वडामा बाल मैत्री घोषणा नभएको दुखेसो ब्यक्त गर्नु भयो । 

उनले बालमैत्री स्थानीय शासन कार्यन्वयन सम्बन्धि बजेट विनियाेजन हुनुपर्ने तथा अभियानलाई सफल पार्न सवैलाई मिलेर जान आग्रह गर्नु भयो ।  

फिउचर नेपाल संस्था काठमाण्डौंका प्रशिक्षक नवराज थापाले बालबालिकालाई लेख्दा, पढ्दा बाल मनोविज्ञानलाई ख्याल गरेर कुनै प्रकारको शारीरिक यातना नदिई प्रेम पूर्वक व्यवहार गर्नका लागि बताउनु भयाे ।

कार्यक्रममा दलित समाज उत्थान समिति नेपाल जलेश्वरका कार्यक्रम सञ्चालक प्रेम बहादुर बुढाथोकी, सामाजिक परिचालनकर्ता माधवेन्द्र प्रसाद ठाकुर , सम्सी गाउँपालिकाका वडाअध्यक्ष लगायतका उपस्थिति रहेको थियो ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

12 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

12 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

2 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

2 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

3 दिन पहिले