बैदहीमा सचेतना कार्यक्रम सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको बिदेह नगरपालिका ९ बैदहीका आमा समुहका सदस्यहरुलाई मंगलबार सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बिदेह नगरपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा पानी सुरक्षा सप्ताह अन्तरगत त्यहाका आमा समुहलाई बालबालिकाहरुलाई पानीमा डुब्नबाट बचाउन सचेतना बढाउन अन्तरक्रिया गरिएको छ ।
सशक्त बालिका परियोजना अन्रतगत आमा समुहका सदस्यहरुलाई स्वास्थ्य स्वय.सेविका रंजना पाण्डेले बालबालिकाहरुलाई ििबभन्न प्रकारका दुर्घटनाबाट बचाउन जानकारी दिनुभएको थियो । सो कार्यक्रममा ईटहर्वा स्वास्थ्य चौकीका ईचार्ज अनिल कुमार यादवले सुनौलो हजार दिनका फाइदानहरुका बारेमा जानकारी गराउदै बालबालिकाहरुको उचित स्याहार तथा पोषणका बारेमा सहभागी आमा समुहका सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।
सो कार्यक्रममा केन्द्रका सशक्त बालिका परियोजनाका कार्यक्रम अधिकृत निकिता सिँह यादवले साना बालबालिकाहरुलाई घरमा हुने दुर्घटनाबाट बचाउन आमाले खेल्नुपर्ने भुमिकाकोे बारेमा जानकारी गराउनु भएको थियो । सहभागीहरुलाई फिल्ड सुपरभाईजर विजय कुमार साह तथा निर्मला चौधरीले अहिले सम्मको कामहरुका बारेमा जानकारी लिदै परियोजना अन्तरगत सिकेका कुरालाई आफ्ना बालबालिकाहरुको विकासमा लगाउन सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । आफुहरुले यो परियोजना आए देखि आफ्नो साना बालबालिकाहरुको सर्वाङिगक विकासका लागि धेरै कुराहरुको बारेमा जानकारी दिएको आमा समुहका अध्यक्ष बबिता सादाले जानकारी दिनुभयो । सो वडाका दलित महिला सदस्य लक्षमिनियाँ सादाले सामाजिक विकास र अनुसन्धान केन्द्रले आफुहरुको दलित बस्तीका बालबालिकाहरुको क्षेत्रमा धेरै जनचेतनाका कार्यक्रमहरु गरेको जानकारी गराउनु भयो ।
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
11 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
11 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले