Janakpurdham
Mon, Mar 23, 2026
`

बैदेशिक रोजगारमा जान सक्ने कामदारलाई अभिमुखिकरण

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, ८ गते असार । बैदेशिक रोजगारमा जान सक्ने सम्भावित कामदारहरुलाई सामुदायिक परिवार कल्याण संघ(सिएफडब्लुए)ले समुहगत रुपमा दुई दिने अभिमुखिकरण तालिम प्रदान गरेको छ । धनुषा जिल्लाको नगराईन नगरपालिका अन्तरगतका ७५ जना सम्भावित बैदेशिक रोजगारमा जानेहरुलाई उक्त तालिम प्रदान गरिएको संस्थाका कार्यकारी निर्देशक लक्ष्मेश्वर मंडलले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा नगराईनमा भएको दुई दिने अभिमुखिकरणको समापन सत्रमा बोल्दै प्रमुख अतिथि सो नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रामप्रमोद राउतले सके स्वदेशमै रोजगार गर्नुपर्ने बताउदै बैदेशिक रोजगारीमा जाने पर्ने भए सिप सिकेर आफुले जाने देशको एैन कानुन समेत बुझेर मात्र बैदेशिक रोजगारीमा जान सहभागी प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । सहभागीहरुलाई अभिमुखिकरणको क्रममा कार्यकारी निर्देशक लक्ष्मेश्वर मंडल तथा प्रशिक्षक प्रतिभा मंडलले सहजिकरण गर्नुभएको थियो ।

उक्त अभिमुखिकरणको मुख्य उद्देश्य बैदेशिक रोजगारीमा जानु भन्दा पहिला तालिम लिएर सम्पुर्ण प्रक्रियाको बारेमा जानकारी, बैदेशिक रोजगारीमा जानुपुर्वको तयारी, सम्बन्धित देशको ऐन कानुन, बिदेश गईसकेपछि अपनाउनुपर्ने सावधान लगायत अन्य जानकारी उक्त अभिमुखिकरणमा सहभागीहरुलाई दिइएको कार्यकारी निर्देशक मंडलले जानकारी दिनुभयो । अभिमुखिकरणको समापद सत्रमा नगराईन नगरपालिकाका कृषि अधिकृत गंगाराम यादवको समेत उपस्थिती रहेको थियो । नगराईन नगरपालिकाको सहयोगमा असार ३ र ४ गते देवडिहामा, ५ र ६ गते फुलगामा तथा ७ र ८ गते नगराईन २५–२५ जनालाई उक्त अभिमुखिकरण तालिम दिइएको छ । शनिवार सम्पन्न भएको अभिमुखिकरणमा नगराईन नगरपालिका वडा नं. २,५,६ र ९ का २५ जनाको सहभागिता रहेको थियो ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

10 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

10 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले