मधेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा हुने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,असार ११ गते । मधेश प्रदेश सरकार मातहत रहेको आम सञ्चार प्राधिकरणले प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा गर्ने भएको छ ।
जनकपुरधाममा आयोजित प्राधिकरणका गतिविधि सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा क्रियाशील १ हजार पत्रकारहरूको १ लाखको स्वास्थ्य बिमा तथा ७ लाखको दुर्घटना बिमा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा उल्लेख भए अनुसार खोज पत्रकारितासम्बन्धि प्रशिक्षणका साथै सूचना बैङ्कको निर्माण गरेर सञ्चालन गर्ने अध्यक्ष यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवले आम सञ्चार प्राधिकरणलाई सुदृढ गर्न कानूनी व्यवस्थामा भएको प्रावधानमा सुधार गर्न जरुरी रहेको बताउनुभयो ।
चालु आर्थिक वर्षमा आम सञ्चार प्राधिकरणले प्रदेशका विभिन्न पत्रपत्रिका, टेलिभिजन, एफ एम रेडियोका गरेर २४२ संस्थाहरूलाई लोककल्याणकारी विज्ञापन बापत ४५ लाख ६९ हजार रकम सम्बन्धित सञ्चार संस्थाको खातामा पठाउने प्रक्रिया शुरु भएको संस्थाका प्रशासकीय प्रमुख जय कुमार राउतले जानकारी दिनुभयो ।
साभार : रेडियो नेपाल
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
10 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
10 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले