Janakpurdham
Mon, Mar 23, 2026
`

आधारभूत विद्यालय ठिल्ला यदुवाद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

किशोर मंडल
जनकपुरधाम, २० असार । धनुषाको सबैलामा बिहीबार सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । सबैला नगरपालिका वडा न ८  अवस्थित आधारभूत विद्यालय ठिल्ला यदुवामा फूल र विभिन्न प्रजातिका बोटबिरुवाहरू  रोपी कार्यक्रम सम्पन्न गरिएको हो। वृक्षारोपण कार्यक्रमको अध्यक्षता विद्यालयका प्रअ दिनेश रायले गरेका छन् भने प्रमुख अतिथि सबैला नगरपालिका वडा नं ८ का वडाध्यक्ष  सेराजुल राइन् रहेका थिए भने विद्यालयका विद्यार्थीहरुको समेत सक्रिय सहभागिता रहेको थियो । विद्यालयमा धेरै पहिलादेखि पर्खालको समस्या थियो तर अहिले चारैतिर पर्खाल लागिसकेको छ। पर्खाल लागिसकेपछि स्थानीय गाउँलेहरू एवं विद्यार्थीहरू खुसी भएका छन्।


विद्यालयको छेउमा नै पोखरी रहेको कारण  बच्चाहरू पोखरीमा डुब्ने जोखिम धेरै थियो। धेरै दिनपछि सम्पूणर् ग्रामवासी र सोही विद्यालयका प्रधानाध्यापकको पहलमा सबैला नगरपालिकाको नगर स्तरीय बजेटबाट रु ८ लाखको लागतमा बाउन्ड्री वाल र ढोका सहितको को  काम सम्पन्न भएको छ। बाउन्ड्रीको काम सम्पन्न भए लगत्तै विद्यालयमा सरसफाई र वृक्षारोपण गरी विद्यालयलाई सजाइएको छ।
कार्यक्रममा  शिक्षिका निर्मला कापर, शिक्षक राम उदगार राउत , शिक्षिका  गीता देवी साह, कार्यालय सहयोगी सुनिल कुमार राय लगायत विद्यालयका शिक्षक शिक्षिका ,समाजसेवी एवं अभिभावकहरूको  उपस्तिथि रहेको थियो ।

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

9 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

9 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले