
जनकपुरधाममा भूमि लोक उत्सव शुरु
11 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम,कार्तिक १० गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण शुरु भएको छ ।
भूमि फाउन्डेसनको आयोजनामा शुरु भएको भूमि उत्सवमा मिथिलाको लोप हुन थालेको गीत, सङ्गीत तथा वाद्यवादनको धुन सहितका गीतसङ्गीत तथा नृत्य प्रदर्शन हुने क्रम जारी छ ।
फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मिथिलाका चर्चित कलाकार सहभागी छन् । नेपाल भारतका प्रसिद्ध कलाकार सहभागी रहेको सो कार्यक्रम जनकपुरधामको ऐतिहासिक महत्वको तीरहुतियागाछीमा भइरहेको छ ।
मिथिलाको लोक गीत, परम्परा, रीतिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकाले त्यसको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले उत्सवको आयोजना गरेको आयोजकले जनाएको छ । उत्सवमा एक दर्जनभन्दा बढी समूहहरूले प्रस्तुति दिने कार्यक्रम भइरहेको छ ।

६५ भन्दा बढी देश र विदेशका विभिन्न भागबाट आएका कलाकारहरू सहभागी रहेको सो कार्यक्रम अबेर साँझसम्म चल्ने छ ।
कार्यक्रममा मधेश प्रदेश सरकारका उच्च अधिकारीहरू, मिथिला तथा यसका संस्कृति प्रति विशेष लगाव राख्ने व्यक्ति, साहित्यकार एवं स्रष्टाहरूको सहभागिता रहेको छ ।
साभार : रेडियो नेपाल

मधेशका मुख्यमन्त्री- पार्टीमा स्पष्टीकरण दिन्छु, मुख्य..
जनकपुरधाम,असोज २ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सभामै आफूलाई परीक्षण गर्ने बत..
46 मिनट पहिले
असाेज ३ लाई कालो दिनका रुपमा मनाउने संघीय मोर्चाको निर्ण..
काठमाडौं ,असोज २ गते । संघीय लोकतान्त्रिक मोर्चाले असाेज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । संघीय लोकतान्त्रि..
48 मिनट पहिले
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..
1 दिन पहिले
Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..
जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..
1 दिन पहिले
मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..
काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..
2 दिन पहिले