Janakpurdham
Mon, Mar 23, 2026
`

जनकपुरधाममा भूमि लोक उत्सव शुरु

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,कार्तिक १० गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण शुरु भएको छ । 

भूमि फाउन्डेसनको आयोजनामा शुरु भएको भूमि उत्सवमा मिथिलाको लोप हुन थालेको गीत, सङ्गीत तथा वाद्यवादनको धुन सहितका गीतसङ्गीत तथा नृत्य प्रदर्शन हुने क्रम जारी छ ।

फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मिथिलाका चर्चित कलाकार सहभागी छन् । नेपाल भारतका प्रसिद्ध कलाकार सहभागी रहेको सो कार्यक्रम जनकपुरधामको ऐतिहासिक महत्वको तीरहुतियागाछीमा भइरहेको छ ।   

मिथिलाको लोक गीत, परम्परा, रीतिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकाले त्यसको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले उत्सवको आयोजना गरेको आयोजकले जनाएको छ । उत्सवमा एक दर्जनभन्दा बढी समूहहरूले प्रस्तुति दिने कार्यक्रम भइरहेको छ ।  

६५ भन्दा बढी देश र विदेशका विभिन्न भागबाट आएका कलाकारहरू सहभागी रहेको सो कार्यक्रम अबेर साँझसम्म चल्ने छ ।  

कार्यक्रममा मधेश प्रदेश सरकारका उच्च अधिकारीहरू, मिथिला तथा यसका संस्कृति प्रति विशेष लगाव राख्ने व्यक्ति, साहित्यकार एवं स्रष्टाहरूको सहभागिता रहेको छ ।


साभार : रेडियो नेपाल

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

8 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

8 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले