जनकपुरधाममा विवाहपञ्चमी सुरु, भगवान श्रीराम र लक्ष्मणको गराइयो नगरदर्शन (भिडिओ)
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,मंसिर १७ गते । त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच भएको विवाहको सम्झनामा जानकी मन्दिरले मनाइने साताव्यापी विवाह पञ्चमी आजबाट विधिवत सुरु भएको छ ।
विवाह पञ्चमी महोत्सवको पहिलोदिन आज नगरदर्शन गरिएको हो । भगवान श्रीराम र उनका भाई लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाका राजधानी जनकपुरधाम आएको मान्यता अनुरुप नगरदर्शन मनाइन्छ ।
दुई बालकलाई भगवान श्रीराम र लक्ष्मणको रुपमा सजाएर जानकी मन्दिर परिसरमा नगर दर्शन गराइयो । नगर दर्शनका लागि जानकी मन्दिर परिसरमा पान, मखान, मिठाई, मिथिला चित्रकला, कपडासहितका पसलको स्टल राखिएको थियो ।
नगरदर्शन विधिमा हजारौं श्रद्धालुहरु सहभागी थिए । सो अवसरमा भजन-कीर्तन र गितनादमा श्रद्धालुहरु रमाए । विवाह पञ्चमीको विधिहरु हेर्न बाहिर जिल्ला र भारतबाट साधुसन्त र श्रद्धालुहरु जनकपुरधाम आउनेक्रम जारी छ ।
यसवर्ष राम जन्मभूमि भारतको अयोध्याबाट जन्ती समेत आउन लागेको छ ।

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
5 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
5 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले