Janakpurdham
Tue, Jul 08, 2025
`

सीताराम विवाह सम्पन्न, आज ५६ व्यञ्जन खुवाएर अयोध्याको जन्तीलाई विदाई गरिने

7 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, मंसिर २२ गते । सीताराम विवाह पञ्चमी अन्तर्गत शुक्रवार राति जानकी मन्दिरमा बनाइएको भव्य सुसज्जित विवाह मण्डपमा भगवान श्रीराम र माता सीताबीच विवाह गराइएको छ ।

त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्षझै यस शवर्ष पनि वैवाहिक समारोह मनाइयो । वैवाहिक समारोह हेर्न लाखौं श्रद्धालु, साधुसन्त र भक्तजनहरू उपस्थित थिए ।

यसवर्ष भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट करिब पाँच सयको संख्यामा जन्ती समेत आएका थिए ।

 

साताव्यापी विवाह पञ्चमी अन्तर्गत शुक्रवार दिउँसो स्वयंमवर र राति विवाह सकेपछि आज रामकलेवा विधि गरिदैछ । यस अवसरमा जानकी मन्दिरमा विशेष भण्डारा आयोजना हुन्छ ।

अयोध्याबाट आएका जन्ती र साधुसन्तलाई ५६ व्यञ्जन खुवाएर विदाई गरिन्छ । उनीहरुलाई दोसल्ला, कमन्डल र नगद दक्षिणा दिएर सम्मानपूर्वक बिदा गर्ने परम्परा छ । जसलाई ‘रामकलेवा’भनिन्छ ।

विवाहपञ्चमी महोत्सव आज रामकलेवा भएसँगै विधिवत समापन हुनेछ ।

श्रद्धालुलाई सास्ती

वैवाहिक गीतसंगित तथा भगवान श्रीराम र सीताबीचको विवाह हेरेर श्रद्धालुहरु रात विताए । अत्यधिक भीडका कारण टाढाबाट आएका कैयौं श्रद्धालुहरु जानकी मन्दिरमा प्रवेश नै पाएनन् ।

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि व्यबस्थापनि फितलो देखियो । बास र खानाको व्यवस्थापन प्रदेश सरकारले गरेको थियो । तर सोचेभन्दा बढी श्रद्धालुहरु आएकाले जनकपुरधाम अस्तव्यस्त बन्यो । कैयौं श्रद्धालुहरु सडकमा रात विताउन बाध्य भए ।

  

`
12 comments
डाक्टरहरूकाे आन्दोलनबारे पत्तो नपाएका विरामीको आक्रोश..

काठमाडौं, असार २३ : नेपाल चिकित्सक संघले देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ।&nb..

2 घन्टा पहिले

प्रधानमन्त्रीको संसदमा संवोधन– अन्तर्राष्ट्रिय क्षेत..

काठमाडौं, असार २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद्लाई संवोधन गर्दै स्पेनको भ्रमणबारे जानकारी दिए..

2 घन्टा पहिले

“विद्यार्थीहरूका लागि विद्यालयमा स्वादिलो र पौष्टिक दि..

किशोर मण्डल जनकपुरधाम, असार २३ गते । सबैला नगरपालिका–८, ठिल्ला — मिति २०८२ साल असार २३ गते, सोमबारका दिन श्री ..

19 घन्टा पहिले

सञ्चारमाध्यम सञ्चालन नगर्न मधेश सरकारलाई पत्रकार महासं..

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारलाई सञ्चारमाध्यम सञ्चालन नगर्न अपिल गरेको छ ।पत्रकार ..

2 दिन पहिले

केपी ओलीको निर्देशनमै एमाले चल्छ, विद्या भण्डारी आउँदा उ..

जनकपुरधाम, असार २२ गते ।  नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले प..

2 दिन पहिले