Janakpurdham
Mon, Mar 23, 2026
`

जानकी मन्दिरमा ३४ जोडीको दाइजो बिनाको सामूहिक विवाह गराइयो

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,मंसिर २४ गते । विश्व हिन्दू परिषद् नेपालले जानकी मन्दिरमा यस वर्ष पनि ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको छ । सीताराम विवाह पञ्चमीको अवसरमा शनिवार राति मन्दिर परिसरमै हिन्दू परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको हो । विवाहमा लागेको सम्पूर्ण खर्च परिषद्ले व्यहोरेको छ ।

परिषद्का धनुषा अध्यक्ष सन्तोष साहले दाइजो प्रथा अन्त्य गर्न विगत ६ वर्षदेखि सामूहिक विवाह गराउँदै आएको जानकारी दिए । उनले बेहुलीलाई सुनको मङ्गलसूत्र, १५ सेट साडी, शृङ्गार पटार, बेहुलाका लागि आवश्यक पर्ने सबै लुगा परिषद्ले व्यवस्था गरेको बताए ।

विवाहित जोडीलाई भान्सा कोठामा प्रयोग हुने भाडावर्तन, बेडसिट र बेहुलारबेहुली दुवै पक्षलाई २५/२५ जनाका लागि खानाको व्यवस्था समेत परिषद्ले नै गरेको उनको भनाई छ ।

दाइजो बिना विवाहका लागि परिषद्ले सूचना जारी गर्छ । त्यसपछि सम्पर्कमा आएका बेहुला-बेहुलीलाई दुवै पक्षका अभिभावकको सहमतिमा सामूहिक विवाह गराइन्छ । यसमा सहभागी अधिकतर बेहुला(बेहुली विपन्न वर्गका हुन्छ । 

विवाह गर्नुअघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । परिषद्ले विना दाइजो धूमधामका साथ विवाह गराउने कार्य प्रशंसनीय भएको युवा अभियन्ता प्रशान्त झा बताउँछन् ।


साभार ः नेपाल प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

4 घन्टा पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

4 घन्टा पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले