राजविराज विमानस्थलबाट पहिलोपटक रात्रीकालिन उडान
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस १ गते । सप्तरीको राजविराज विमानस्थलबाट पहिलोपटक रात्रीकालिन उडान सुरू भएको छ। विमानस्थलमा दिउँसोमा बुद्ध एयरले उडान गर्दै आएकोमा बुद्ध एयरले नै रात्रीकालिन उडान गरेको हो। सोमबार राति बुद्धले रात्रिकालीन उडान परीक्षण गरेको छ। परीक्षण उडानका लागि लाइटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रूपमा राजविराज विमानस्थलको सबै तयारी सकिएको छ।
सोमबार साँझ नियमित उडानलाई नै परीक्षण उडानमा परिणत गरिएको विमानस्थल कार्यालयले जनाएको छ।
राजविराज विमानस्थल ०७५ असार देखि उडान सुरू भएको थियो। श्री एयरलाइन्सको जहाजले पाँच दिने उडान सुरू गरेको थियो। त्यतिबेला पाँच दिनमै उडान कटौती गर्दै एक वर्षपछि राजविराजमा श्रीले उडान बन्द गरेको थियो।
राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लामो र ३० मिटर चौडा पक्की धावनमार्ग छ। यसका अतिरिक्त ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा ११० मिटर लामो ट्याक्सी वे निर्माण गरिएको छ।
योसँगै रात्रीकालिन विमानस्थलको संख्या दस पुगेको छ। काठमाडौं, पोखरा, भैरहवा, धनगढी, नेपालगंज, सिमरा, जनकपुर, चन्द्रगढी विराटनगरमा यसअघि नै रात्रिकालीन उडान भइरहेको छ।
साभार ः काठमाडौं प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
3 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले