किशोरीहरुले उठाए सामाजिक सरोकारका मुद्दा, स्थानीय सरकारलाई पहल गर्न आग्रह
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस ८ । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकाका किशोरीहरुले समाजिक सरोकारका मुद्दाहरुलाई उठाउँदै स्थानीय सरकारलाई सम्बोधन गराउन पहल थालेका छन्. सोमबार जनकनन्दनी गाउँपालिकाको कार्यालयमा प्लान इन्टरनेशनलको सहयोगमा सामुदायिक परिवार कल्याण संघले आयोजना गरेको “गर्ल्स टेक ओभर“ कार्यक्रममा सहभागी किशोरीहरुले पालिका अध्यक्ष दीपिन देव यादवलाई आफ्नो घोषणा पत्र हस्तान्तरण गरेका थिए। उनीहरुले शिक्षा, स्वास्थ्य, प्रजनन स्वास्थ्य, सुरक्षा, र संरक्षणका समस्याहरुलाई समाधान गर्न आग्रह गरे।घोषणा पत्रमा किशोरीहरुले स्वास्थ संस्थामा निःशुल्क सेनेटरी प्याडको व्यवस्थापन, किशोरी स्वास्थ्य आवश्यकताका लागि योग्य र प्रशिक्षित स्वास्थ्यकर्मी तोक्नुपर्ने, संकटका समयमा स्वास्थ्य सेवा र आवश्यक सामग्रीको पहुँच सुनिश्चित गर्न प्रभावकारी कदम चाल्नुपर्ने माग गरे। साथै, किशोरीहरुको प्रजनन स्वास्थ्यसम्बन्धी व्यावसायिक सेवा उपलब्ध गराउन, निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्न, उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्न र सीपमूलक तथा प्राविधिक शिक्षाका अवसरहरु उपलब्ध गराउनुपर्ने विषयमा पनि जोड दिए।
अध्यक्ष यादवले किशोरीहरुले तयार पारेको घोषणापत्र सकारात्मक रहेको उल्लेख गर्दै त्यसमा उठाइएका विषयहरुको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। उनले किशोरीहरुका सरोकारका मुद्दाहरुलाई प्राथमिकतामा राखी आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे। कार्यक्रममा यादवले १४ वर्षीया रितु कुमारीलाई केही समयका लागि गाउँपालिकाको अध्यक्षको जिम्मेवारीसमेत सुम्पेका थिए।
यादवले यस्तो कार्यक्रमले किशोरीहरुमा आत्मबल बढ्ने र समाज परिवर्तनका लागि योगदान दिन सक्ने क्षमता विकास हुने बताए। उनले सच्चा लगन र दृढ इच्छाशक्ति राखेर कुनै पनि काम गर्न सके सफलता प्राप्त हुने अनुभव सुनाउँदै, किशोरीहरुको आत्मबल बढाउन पालिका स्तरमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा प्लान इन्टरनेशनलको पूर्व क्षेत्रीय कार्यालय जनकपुरधामका प्रमुख रवि शंकर पण्डित, अफिसर अञ्जु शाक्य, सामुदायिक परिवार कल्याण संघका कार्यक्रम संयोजक यमलाल साङ्कर र राजनन्दन यादवसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो। सबैले किशोरीहरुको यो पहललाई प्रेरणादायक भन्दै प्रशंसा गरे।
किशोरीहरुले आफ्नो घोषणापत्रमा उल्लेख गरेका विषयहरु पालिकाका लागि मात्र नभई समग्र समाजका लागि महत्वपूर्ण रहेको बताउँदै सहभागीहरुले यस्ता कार्यक्रमहरुले किशोरीहरुलाई सशक्तिकरणमा मद्दत गर्ने धारणा राखे। कार्यक्रमले किशोरीहरुलाई आफूले गर्न सक्ने ठूला कामका लागि प्रेरणा दिएको सहभागीहरुको भनाइ थियो।
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले