घर जग्गा लिलामीको विरुद्धमा जनकपुरधामका व्यापारी सडकमा, बैङ्क म्यानेजर प्रहरी नियन्त्रणमा
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस ११ गते । जनकपुरधामको मिल्स एरियामा रहेको सिद्धार्थ बैङ्क लिमिटेडले ऋणीले ऋणको सम्पूर्ण रकम तिर्नका लागि तयारी रहेको वेलामा घर जग्गा लिलामी गरेको भन्दै जनकपुरधामका व्यवसायीहरूले शाखा प्रबन्धक माथि कारवाहीको माग गरेको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी सहितका संघका अधिकारी, चेम्बर अफ कमर्सका सरोज कुमार मिश्र सहितले विना प्रक्रिया घर जग्गा लिलामी गरेको भन्दै बैङ्कका शाखा प्रबन्धक अर्न बलम्पाकी माथि कारवाहीको माग गरेका छन् ।
बैङ्कको कार्यालय क्षेत्रमा ठूलो सङ्ख्यामा व्यापारी तथा व्यवसायीहरू आज उपस्थित भएर नाराबाजी गरेपछि प्रहरीले शाखा प्रबन्धक बलम्पाकीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा लगेका छन् । तर धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीनै पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाएको बताउनुभयो ।
बैङ्कका म्यानेजरको सुरक्षाका लागि नै प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लाने काम भएको प्रहरीले दाबी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ बाल्मिकीनगरमा रहेको सुद्रिका कुमारी देवीको सिट नंं १३५६–१४ र कित्ता नंं १४१ को नाउँमा रहेको जग्गा र त्यसमा बनेको अढाई तल्लाको घर लिलामी गरेर व्यक्तिको नाउँमा पास गरेको थाहा पाएपछि पीडितले जनकपुरधाम उद्योग वाणिज्य सङ्घलाई गुहारेका थिए ।
सिद्धार्थ बैङ्कसँग दुई पटक गरेर ४० लाख र ३५ लाख गरेर ऋण लिएर नियमित रुपमा व्याज बुझाउँदै आएको र बाँकी रहेका ८६ लाख तिर्नका लागि तयार भएको र त्यस मध्ये नोभेम्बर १३ तारेखमा १ लाख रकम बुझाएको र बाँकी सबै तिर्नका लागि हिसाब मागेपनि भित्र भित्र आर्थिक चलखेल गरेर बैंकले घर जग्गाको लिलामी गर्ने काम गरेको भन्दै न्यायका लागि सबैसँग हार गुहार गरेका छन् ।
बैङ्कको व्याज हालसम्म दुई करोड रकम बैङ्कलाई बुझाई सकेको र बाँकी रहेको सवा तथा व्याज बुझाउनका लागि तयार हुँदाहुँदै घर जग्गा विना कुनै प्रक्रिया लिलामी गर्ने काम भएकाले घर जग्गा फिर्ता हुनुपर्ने र शाखा प्रबन्धक माथि कारबाही हुनु पर्ने माग पीडितले बैङ्क क्षेत्रमा नै आज पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् ।
साभार ः रेडियो नेपाल
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 घन्टा पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
2 घन्टा पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले