जानकी मन्दिरमा बेलायती राजदूत दम्पत्तिको वैवाहिक वर्षगाँठ
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
धुनषा, पुस १३ : नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन्।
आफ्नो श्रीमति जुलिया फेनसँग धनुषाका विभिन्न क्षेत्र घुम्न आएका फेनले शनिबार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिषरमै मनाएका हुन्।
गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र ईतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिला शैलीमा यहीँ आएर मनाउने सोचेको बताए।
उनले राम र सीताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतिसँग विवाह गरेको जस्तै अनुभुति भएको बताए। उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे।
-(10)-1735368258.jpg)
उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे।
जानकी मन्दिरका उतराधिकारी महन्थ राम रोशन दास वैषणवले राजदुत फेनलाई मिथिलाशैलीमा वैवाहिक परमपरा अनुसारका पहिरण लगाईदिनुका साथै मन्त्र पाठ गरी पुनः विवाह गराएका थिए।
-(7)-1735368221.jpg)
उनले जानकी मन्दिरको ईतिहास स्मरण गर्दै प्रेमको पहिचान रहेको जानकी मन्दिर र जनकपुरधामलाई विवाह डेस्टिनेसनको रुपमा विकास गर्न सरकारसँग आग्रह गरे।
राजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिपत रहेको थियो।
साभार ः काठमाडौं प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
54 मिनट पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
57 मिनट पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले