परीक्षा केन्द्रको विषयलाई लिएर जनकपुरमा विद्यार्थी आन्दोलित, क्याम्पसमा तोडफोड
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुस १६ गते । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्याम्पस) का विद्यार्थी आन्दोलित भएका छन् ।
बुधबार (भोलि) देखि शुरू हुन लागेको स्नातक तहको परीक्षा केन्द्र फरक-फरक क्याम्पसमा राखेको भन्दै विद्यार्थीहरू बिहानैदेखि विरोधमा उत्रिएका हुन् ।
उनीहरूले क्याम्पसको प्रसाशन शाखाको ढोका, झ्याल, झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस परिसरभित्र राखेको काठका सामाग्रीमा आगो लगाएका छन् ।
यसअघि राराब क्यामपसको परीक्षा केन्द्र अन्य क्याम्पसमा नराखिएको विद्यार्थीहरूको भनाइ छ । नियतवस निजी क्याम्पसका सञ्चालकहरूको पैसाको चलखेल र मिलेमतोमा ९ सय विद्यार्थीबाहेक बाँकीको परीक्षा केन्द्र अन्य क्याम्पसमा राख्न लगाएको उनीहरूको आरोप छ ।
आजै निर्णय नसच्चयाए भोलि मधेश प्रदेशभरी कुनै स्नातकको परीक्षा हुन नदिने विद्यार्थीहरूले चेतावनीसमेत दिएका छन् ।
साभार ः नेपाल प्रेस
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
49 मिनट पहिले
तराई मधेशमा चैते छठ शुरु
जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..
51 मिनट पहिले
वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा
जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..
1 दिन पहिले
वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द
जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..
1 दिन पहिले
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..
जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..
2 दिन पहिले