Janakpurdham
Sun, Mar 22, 2026
`

जय ट्रफी मेन्स एलाइट कपको तयारी पूरा

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर , पुष २० गते । मधेश प्रदेशमा यही पुस २१ गतेदेखि हुन लागेको एलाइट (जय ट्रफी) कपको तयारी पूरा भएको छ । वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको जय ट्रफी कप प्रतियोगिताको तयारी पूरा भएको हो ।

‘जय ट्रफी मेन्स एलाइट कप’ नामकरण गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहने आयोजकले जनाएको छ । सेतो जर्सी तथा रेड बलको प्रयोगमा खेलिने प्रतियोगिता पुस २१ देखि माघ ३ गतेसम्म हुने भएको छ ।

सो प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामकरण गरिएको छ । संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा प्रतियोगिताको नामकरण गरिएको हो । साहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

नेपाल क्रिकेट संघका पूर्वपदाधिकारी एवं सदस्यको नाममा नामकरण गर्दै नेपाली क्रिकेटको गर्विलो इतिहास बोकेको ‘जय ट्रफी’ लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनःस्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य रहेको नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले जानकारी दिए ।

साभार ः नेपाल प्रेस

`
12 comments
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

17 मिनट पहिले

तराई मधेशमा चैते छठ शुरु

जनकपुरधाम, चैत्र ८ गते । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा भगवान् सूर्यको नियम निष्ठा तथा श्रद्धाभक्तिपूर..

20 मिनट पहिले

वर्षाले आँप तथा लिचीलाई ठूलो फाइदा 

जनकपुरधाम , चैत्र ७ गते । गए राति देखिको वर्षाका कारणले आँप तथा लिचीलाई ठूलो फाइदा पुगेको छ । यसका साथै तरकारी बाली ..

1 दिन पहिले

वर्षाका कारण प्रधानमन्त्री कप अन्तर्गत दुई खेल रद्द

जनकपुरधाम, चैत्र ७ गते । मधेश प्रदेशको जनकपुरधाम तथा पर्सा जिल्लामा आजदेखि शुरु हुने एक दिवसीय प्रधानमन्त्री कप ..

1 दिन पहिले

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पू..

जनकपुरधाम , चैत्र ६ गते I प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्..

2 दिन पहिले