Janakpurdham
Sat, Aug 29, 2026
`

हंसपुर नगरपालिका नगरस्तरीय पेन्सन वञ्चित संघर्ष समिति गठन , अध्यक्षमा सुनिल कुमार यादव

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ १४ गते ।  हंसपुर नगरपालिका–२ स्थित श्री उच्च माध्यमिक विद्यालय बघचौडामा पालिकाका निवृतिभरण (पेन्सन) वञ्चित शिक्षकहरुको उपस्थितिमा हंसपुर नगरपालिका नगरस्तरीय पेन्सन वञ्चित संघर्ष समिति गठन गरिएको छ । शिक्षकहरुका लागि पेन्सन र अन्य सुविधाको हकको रक्षा गर्न र वञ्चित शिक्षकहरुको समस्या समाधान गर्नु समिति गठनको मुख्य उद्देश्य रहेको बताइएको छ । समितिको अध्यक्षमा सुनिल कुमार यादवलाई चयन गरिएको छ भने उपाध्यक्षमा मिना कुमारी यादव सचिवमा राजन कुमार सिंह र कोषाध्यक्षमा विनोद कुमार मंडल चयन भएका छन । समितिको सदस्यहरुमा ममता मंडल ,संतोष कुमार साह , विजय कुमार मंडल , अनिता साह , रुबी यादव , रामकिशोर मंडल , सुरेश रजक , दिपक कुमार कर्ण , जिवछ कुमार मंडल , शत्रुधन साह र जितेन्द्र साह सर्वसम्मत चयन भएका छन । समिति गठनको मुख्य उद्देश्य वञ्चित शिक्षकहरुको पेन्सन र अन्य भत्ताको लागि संघर्ष गर्नु रहेको बताइएको छ । समितिका सदस्यहरुले यस संघर्षमा एकजुट भएर आफूहरूको हकका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा शिक्षकहरुको समस्याको समाधानका लागि विभिन्न कदमहरु चालिने र स्थानीय प्रशासनसँग समन्वय गरेर मुद्दाको समाधानको प्रयास गरिने समिति सदस्यहरुले जानकारी दिएका छन । समिति गठनपछि अध्यक्ष यादवले यस्तो संघर्षमा सबै शिक्षकलाई एकजुट र संलग्न हुने आह्वान गर्दै शिक्षकहरुको हकको रक्षा र सम्मानको लागि यो कदम महत्वपूर्ण हुने बताए । समिति गठनको कार्यक्रममा विभिन्न शिक्षकहरुले आफ्नो विचार राख्दै पेन्सनको समस्यालाई तत्काल समाधान गर्नका लागि समुहको संघर्ष जारी राख्नुपर्नेमा जोड दिए ।
 
 
 

`
12 comments
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

4 घन्टा पहिले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समित..

काठमाडौं, भदाै १३ : नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा.शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वै..

4 घन्टा पहिले

अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुर..

काठमाडौं, भदाै १२ : अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र पहिरोको लेदोले पूर्ण रूपमा पुरि..

1 दिन पहिले

रसुवा बाढी : मृत्यु हुनेकाे संख्या ४८९ को पुग्याे, ३९३ जना..

  काठमाडौं, भदाै १२ : रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क..

1 दिन पहिले

उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रे..

काठमाडौं, भदौ ९ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रका उद्योगले भोगिरहेक..

4 दिन पहिले