डीएनए म्याचपछि निहारिका भन्छिन्- बच्चालाई आफ्नै नाम दिन्छु, नाता कायम स्वीकार्दिनँ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । लामो समयदेखि न्यायको मागसहित संघर्षरत निहारिका राजपूतले राहतको लामो सास फेरेकी छन्, जब उनको बच्चा र आरोपीको डीएनए म्याच भएको रिपोर्ट सार्वजनिक भयो । तर, अझै पनि उनले उठाएको मुल मुद्दा भने बाँकी नै छ ।निहारिकाले प्रधानमन्त्री निवास बालुवाटारअघि आफ्नो सल फ्याँक्दै प्रदर्शन गरेको केही घण्टाभित्रै जनकपुर उच्च अदालतमा पुगेको डीएनए रिपोर्टको नतिजा सार्वजनिक भएको थियो । अनि, त्यही दिन उच्च अदालतले निहारिकाको मुद्दाको पेशी आगामी २५ गतेका लागि तोकेको छ । पेशी तोक्न ढिलाइ भएकोमा पनि निहारिकाले असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन् ।निहारिकाको बच्चा र आरोपीको डिएनए म्याच हुनु भनेको उनीहरु बाबु-छोरा भएको नाता प्रमाणित हुनु हो । आरोपी शिवराजले निहारिकाले जन्माएको बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । डीएनए रिपोर्टले उनको दाबी गलत र निहारिकाको दाबी सही ठहरिएको छ । तर, निहारिकाले भनेजस्तै यो रिपोर्टले शिवराजलाई ‘बलात्कारी’ ठहर भने गर्दैन । त्यसको निरोपण उच्च अदालतले गर्नुपर्ने हुन्छ ।
निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको भन्दै शिवराजविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, अदालतले बलात्कार नभएको निस्कर्ष निकाल्दै शिवराजलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी हुन् । यदि जिल्ला अदालतको फैसलालाई नै सदर गरेर उच्च अदालतले फैसला सुनायो भने शिवराजले सजायबाट उन्मुक्ति पाउनेछन् ।निहारिकाले भनेजस्तो बलात्कार ठहर्याउनका लागि अदालतलाई डीएनए रिपोर्ट मात्रै पर्याप्त हुँदैन । अन्य प्रमाणहरुले सपोर्ट गर्नुपर्छ । अदालतले बलात्कार नठहर्याएर डीएनए रिपोर्टको आधारमा नाता प्रमाणित गरिदिन सक्छ । नेपालको कानूनअनुसार यदि कुनै पनि महिला र पुरुषले. सहमतिमा राखेको सम्बन्धबाट बच्चा जन्मिएमा स्वतः उनीहरू श्रीमान्-श्रीमती हुन्छन् ।तर, निहारिका भने कुनै पनि हालतमा शिवराजले सजाय पाउनुपर्ने अडानमा छिन् । उनले श्रीमान्-श्रीमतीका रूपमा नाता प्रमाणित गर्न वा शिवराजबाट अंश पाउनका लागि आफूले मुद्दा नहालेको बताइन् ।उनले नेपाल प्रेससँग भनिन्, ‘यो बलात्कारको मुद्दा हो, त्यसैले डीएनए म्याच भइसकेपछि अपराधीलाई सजाय हुनुपर्छ । न मलाई उसको श्रीमती भएर बस्न मञ्जुर छ, न उसको एक रूपैयाँ अंश मलाई चाहिन्छ ।’
उनले आफूबाट जन्मेको बच्चालाई आफ्नै नाम दिनका लागि अर्को संघर्ष गर्ने पनि बताइन् ।‘सुरुमा मेरो लडाइँ भनेको अपराधीलाई सजाय दिलाउनका लागि हो । त्यो पूरा भइसकेपछि म आफ्नो बच्चाको हक-अधिकारका लागि संघर्ष गर्छु । बच्चालाई आफ्नो नाम दिलाएर छोड्नेछु,’ उनले भनिन् ।निहारिकाका अनुसार डीएनए म्याचपछि शिवराजको परिवारले उनलाई विवाह गरेर बुहारीका रूपमा घरमा भित्र्याउने हल्ला चलाइरहेका छन् । तर, आफू कुनै पनि हालतमा बुहारी बनेर ‘बलात्कारी’ को घरमा नजाने उनले बताइन् ।साभार : नेपाल प्रेस
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
14 घन्टा पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
14 घन्टा पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
2 दिन पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
2 दिन पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
3 दिन पहिले