Janakpurdham
Thu, Mar 26, 2026
`

बेटीरोटीको नातामा चिसोपना बढेको भन्दै भारतीय महिला प्रतिनिधीहरु नेपालमा

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । नेपाल भारतविच बेटीरोटिको नातामा चिसोपना पसेको भन्दै सीमावर्ती भारत मधुवनी जिल्लाकि महिलाहरुले चिन्ता व्यक्त गरेकि छिन । गाउ विकास मंचको आयोजनामा "जानकी जन संम्वाद" कार्यक्रम लिएर सितामढीका महिला प्रतिनिधी मंडलहरु शनिवार जनकपुरधाममा नेपाल भारत खुला सीमा सम्वाद समुहका प्रतिनिधीहरुसंग भेट गर्दै पहिलेको तुलनामा दुवै देशविच रहेको बैबाहिक सम्बन्धमा ह्रास भएकोमा किन्ता बक्त गर्दै दुबै तिरको नागरिक बिच यस बिषयमा छलफल हुनु पर्नेमा जोर दिएको छ।जनकपुरधामको रौनियार धर्मशालाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष राजीव झाले मंचका प्रतिनिधीहरुलाई स्वागत गर्दै नेपाल भारतमा रहेको बेटीरोटी नातामा आएको खटास केहि राजनीतिक दलको दुराभावनाको कारणले भएको वताए । नागरिकता समस्याको कारण माता सिता र भगवान राम कालको सम्बन्धमा खटास उत्पन्न भएको छ।यसका लागि सम्वाद समुहले आफनो तवरबाट नेपालमा पहल गर्दै आएको वताउदै भारतमा पनि मंचले नेपाल भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिनुपर्ने वताए ।सो कार्यक्रममा गाउ विकास मंचकि प्रतिनिधीहरुले परापुर्वकाल देखि नेपालको छोरी भारतमा र भारतकि छोरी नेपालमा वैवाहिक नातामा वाधिदै आएकोले नागरिकतामा देखिएको समस्या समाप्त हुनुपर्ने वताईन । दुवै देशले आफना बुहारीलाई विवाह पश्चात तुरुन्तै नागरिकता दिनुपर्ने प्रावधान ल्याएर बेटिरोटीको नातालाई कायम राख्नुपर्ने वताए ।सिमामा कुनै पनि बाधा अबरोध मान्य नहुने केही परे सीमामा वस्ने नागरिकसंग छलफल गरि अगाडी बढनुपर्नेमा महिला प्रतिनिधीहरुको जोड रहेको थियो ।कार्यक्रममा मंचकि प्रतिनिधीहरु रंजू कुमारी, सीमा वर्मा,अंशु कुमारी प्रिया कुमारी, गुडिया कुमारी, आभा रानी, मुस्कान कुमारी, मोनिका झा, नेहा झा, पल्लवी कुमारी ,अरुणा कुमारी, रुस्तम आजाद ,नागेंद्र प्रसाद सिंह,भारतीय संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

`
12 comments
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

14 घन्टा पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

14 घन्टा पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 दिन पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

2 दिन पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

3 दिन पहिले