एमालेका नेता एवम् सांसद पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
बैशाख, २९ तामाकोशी ।
नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवँ साँसद पशुपति चांैलागाईको अत्यष्टि गरिएको छ ।
नेकपा ९एमाले० ले प्रदेशसभा सदस्य पशुपति चौलागाईंका निधनमा तीन दिनसम्म पार्टीको आधा झन्डा झुकाउन मातहत कमिटीलाई निर्देशन दिएको छ । उहाँको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयमा शोकपुस्तिका पनि राखिने छ ।
स्व चौलागाईंको तस्बिरमा माल्यार्पण गरी नेताहरुले आज अन्तिम श्रद्धाञ्जलि दिएका छन् । साथै कार्यालयमा शोकपुस्तिकासमेत राखिएको छ ।
पार्टी केन्द्रीय सदस्य चौलागाईंको मंगलबार कोरोना संक्रमणका कारण निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चौलागाईं दोलखा ख बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थिए । उहाँ २०५६ सालको निर्वाचनमा दोलखा १ बाट र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद हुनुभएको थिए ।
विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनु भएका चौलागाईं भद्र, निष्ठावान् र इमान्दार नेता हुनुहुन्थ्यो । चौलागाईँकोे जन्म २०२० फागुन ५ गते दोलखा जिल्लाको काभ्रेमा भएको थियो । पिता चन्द्रप्रसाद र आमा भक्तमायाको सन्तानका रुपमा जन्मिएका उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य जारी गरी पार्टीले एउटा असल र निष्ठावान् नेतालाई गुमाउन पुगेको जनाउँदै राजनीतिक योगदानलाई सदा पार्टीले सदा स्मरण गर्ने बताउनु भएको छ । पार्टीका नेता माधवकुमार नेपालले पनि शोक वक्तव्य जारी गरी उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउँनु भयो ।
फोटो समाजिक संजाल
रास्वपा संसदीय दलको नेतामा शाह चयन
काठमाडौँ , चैत्र १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ ।..
2 घन्टा पहिले
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु: सभापति थ..
काठमाडौँ ,चैत्र १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरि..
2 घन्टा पहिले
पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी
जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..
1 दिन पहिले
स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..
वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..
1 दिन पहिले
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
2 दिन पहिले