Janakpurdham
Thu, Mar 26, 2026
`

तामाकोशी गाउँपालिकामा आज मात्र ३० जना संक्रमित फेला, वडा नम्वर ५ सहरे सिल, जम्मा संक्रमित १०४ पुगे, ४ जना निको, ९५ बेडको क्वरेण्टीन सेन्टर स्थपना ।

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`



दिपक बस्नेत

जेठ ३, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा कोरोना भाइरस संक्रमित दिन दिनै बढिरहेको छ । समुदायमा त्रास र जोखिम भएको नागरिकको भनाई छ ।
आजमात्र पालिका भित्र ३० जना कोरोना भाइरस संक्रमित फेलापरेका छन् । आज सवै भन्दा बढि पुन पालिकाको वडा नम्वर ५ सहेरमा फेला परेका हुन् । पालिकाले सहरे वडा कार्यलय सिल गरेको तामाकोशी गाउँपालिकाका स्वस्थ्या संयोजक अरुन कुमार मिश्रले जानकारी दिनु भयो । तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रद्धरा हस्ताक्षरित सूचना अनुसारा जेठ ३ गते साँझ ५ बजेबाट जेठ ८ गते साँझ ५ बजे सम्म तामाकोशी गाउँपालिकाको वडा नम्वर ५ सहरे सिल गरिएको जनाइएको छ । हाल सम्म पालिका भित्र १०४ जना कोरोना संक्रमित पुगेका छन् भने ४ जना निको भएका छन् ।
पालिकाले जोखिमलाई मध्येनजर गर्दै पालिका भित्र ९५ बेडको क्वरेन्टीन सेन्टर स्थापना गरेको जनाएको छ । तामाकोशी गाउँपालिका भित्रको वडा नम्वर ३ जफेमा १५ बेड, वडा नम्वर ४ मालूमा १५ वेड, वडा नम्वर २ झुलेमा १५ वेड र अन्य वडामा १० र पालिका कार्यलय परिसरमा १० बेडको क्वरेन्टीन सेन्टर स्थपाना गरिएको छ । पालिकाले अन्य जिल्ला बाहिर र विदेशबाट आउने नागरिकको पिसिआर रिर्पोट नभएको खण्डमा अनिवार्य क्वरेन्टीनमा बस्नु पर्ने जनाएको छ ।

`
12 comments
रास्वपा संसदीय दलको नेतामा शाह चयन

काठमाडौँ , चैत्र १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ ।..

1 घन्टा पहिले

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु: सभापति थ..

काठमाडौँ ,चैत्र १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरि..

1 घन्टा पहिले

पीएम कप अन्तर्गत सम्पन्न दुई खेलमा मधेश र कर्णाली विजयी

जनकपुरधाम, चैत्र ११ गते । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत जनकपुरधाम तथा वीरगञ्जमा आज सम्पन्न खेलमा मधेश र कर्णा..

1 दिन पहिले

स्व.सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार गौतमल..

वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा ..

1 दिन पहिले

हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 दिन पहिले