मधेश प्रदेश : १०४ सांसदले लिए शपथ, माओवादीका दुई जनाको रोकियो
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । मधेश प्रदेशका नवनिर्वाचित १०४ सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।नेकपा माओवादी केन्द्रका २ सांसदले शपथ लिनबाट बंचित भएका छन् । समानुपातिकतर्फ निर्वाचित सप्तरीकी माला कर्ण र मो. रजी हैदरले शपथग्रहण गर्न पाएनन् ।प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले अदालतको आदेशका कारण कर्ण र हैदरलाई आज शपथग्रहण लिन नपाएको बताए । स्रोतका अनुसार माओवादीका समानुपातिक (नाम नखुलेको) उम्मेदवारले नै आफू निर्वाचित हुनुपर्ने भन्दै रिट दायर गरेका थिए ।५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा शपथ लिएका छन् । बज्जिकामा १३, मैथिलीमा ११ र भोजपुरीमा ७ सांसदले शपथ लिए । राजकुमार लेखी र राजेन्द्रप्रसाद चौधरीले थारु भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।यस्तै, मगही र हिन्दी भाषामा २/२ सांसदले शपथ लिएका छन् । एक मात्र सांसद विमला अन्सारी भने उर्दु भाषामा शपथ लिएकी छन् ।विवादित मधेशी भाषामा जनमतका १२ सांसदले शपथ लिएका छन् । तर सोही पार्टीका सतिश सिंहले भने मैथली भाषामा शपथ लिए । नेकपा एमालेका सबै २३ सांसद नेपाली भाषा रोजे ।साभार : नेपाल प्रेस


हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
22 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
22 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 दिन पहिले