जनकपुरधाममा तीनै सुरक्षा निकायको सहभागितामा विपद् पूर्व तयारी अभ्यास
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । विपद् जोखिम न्यूनीकरणको तयारी स्वरूप धनुषमा विपद्बाट जोगिनका लागि “विपद् पूर्व तयारी तथा राहत वितरण सम्बन्धी अभ्यास” जनकपुरधामको गंगासागरमा आज सम्पन्न भएको छ ।
बाढीका दृष्टिकोणले निक्कै जोखिममा पर्ने जिल्लाको रुपमा रहेको धनुषा जिल्लामा कमला, जमुनी, वडहरी, औरही जस्ता नदीहरूमा वर्षेनी रुपमा बाढी आएर धनजनको क्षति हुने भएकाले यसबाट हुने धन जनको क्षतिलाई न्यून गर्नका लागि पूर्व अभ्यास गरिएको हो ।
जनकपुरधामका गंगासागरलाई विभिन्न खोला तथा नदी क्षेत्र मानेर नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नेपाल रेडक्रसको सहभागितामा पूर्व तयारी स्वरूप अभ्यास गरेको छ ।
पूर्व अभ्यासमा तीनै सुरक्षा अङ्गले रब्बर बोट, डोरी, लाईफ ज्याकेट सहितका सामाग्रीहरूको प्रयोग गरिएको थियो ।
बाढीसहित अन्य प्रकारको विपद् जन्य २३० वटा घटना धनुषामा गत वर्ष हुनुका साथै यसमा परेर १० जनाको मृत्यु भएको छ ।
बाढी तथा विपद्जन्य घटनाका कारणले जिल्लामा १३ करोडको क्षति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो। उहाँले विपद्बाट जोगिनका लागि तथा जोगाउनका लागि सबै प्रकारको तयारी धनुषामा भइरहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जलबाट आउने विपदबाट जोगिनका लागि धनुषाका हरेक युवाहरूले खोला, नदी तथा पोखरीमा पौडी सिक्न आवश्यक भएको बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जल विपद्को साथै आगलगबाट धनुषामा ठूलो मात्रामा धनजनको क्षति हुने भएकाले हरेक पालिकाले वारुण यन्त्र खरिद गर्नुका साथै विपद्को सामना गर्नका लागि केही बजेट विनियोजन गर्नका लागि आग्रह गर्नुभयो ।

धनुषाको महेन्द्रनगरमा रहेको नेपाली सेनाका गणका प्रमुख सेननी सुरेश देवकोटाले यस पटक विपद्जन्य अवस्थाको सामना गर्नका लागि नदी तथा खोलाको स्थलगत अनुगमन गरेको बताउनुभयो ।
पानी जन्य जोखिममा नेपाल विश्वमा ४ औँ स्थानमा रहेको छ भने भूकम्पीय दृष्टिकोणले ११ स्थानमा र समग्र विपद्जन्य जोखिममा ३० औँ स्थानमा रहेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जानकारी दिनुभयो ।साभार : रेडिया नेपाल
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
17 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
17 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 दिन पहिले