Janakpurdham
Wed, Mar 25, 2026
`

नागरिकता विधेयक विवाद : सर्वोच्चको आदेशविरुद्ध धनुषामा प्रदर्शन, राजमार्ग अवरुद्ध

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको विरोधमा धनुषाको महेन्द्रनगरका स्थानीय राजमार्ग अवरुद्ध गरेका छन् ।सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ नेपालीको भविष्यसँग खेलवाड गरेको भन्दै महेन्द्रनगरबासी आन्दोलन सुरु गरेका हुन् । उनीहरू पूर्व पश्चिम राजमार्गमा टायर बालेर सवारी साधन समेत ठप्प पारेका छन् ।प्रदर्शनमा सहभागीहरूले नेपाली नागरिकलाई अनागरिक बनाउन मिल्दैन, नागरिकतामा राजनीति बन्द गर, राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकको आधारमा नागरिकता वितरण गर जस्ता नारा लगाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले पाँच दिन अगाडी विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।आइतबारबाट जिल्ला प्रशासन कार्यालयहरूले प्रमाणीकरण भएको विधेयकको आधारमा नागरिकता वितरण गर्ने सूचना समेत जारी गरेको थियो ।तर आइतबार नै सर्वोच्च अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश दियो । उक्त आदेशपछि नागरिकता वितरण रोकिएको छ ।यस्तै जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पनि विद्यार्थी जनमत संघ र नागरिकता विहीनहरू प्रदर्शन गरेका छन् ।

साभार : नेपाल प्रेस

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

17 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

17 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

2 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

3 दिन पहिले