मधेश प्रदेशका अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण पेश
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले आर्थिक सर्वेक्षण २०७९/८० प्रदेश सभाको बैठकमा आज पेश गर्नु भएको छ ।मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश सभामा पेश गरेको आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक, सामाजिक सहितका समग्र अवस्थाको विषयहरू समावेश गरेर तथ्यगत चित्रण गर्नु भएको छ । अर्थमन्त्री यादवले पेश गर्नु भएको आर्थिक सर्वेक्षणमा मधेश प्रदेशको आर्थिक वृद्धि दर १.९० प्रतिशत रहनेछ जून सातै प्रदेश भन्दा कम रहेको छ । नेपालको प्रति व्यक्ति आय १३९९ अमेरिकी डलर रहेकोमा मधेश प्रदेशको प्रति व्यक्ति आय ८७५ डलर रहेको अर्थमन्त्रीले पेश गर्नु भएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । मधेश प्रदेशको कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ७ अर्ब रहने अनुमान गत वर्ष ६ खर्ब ५० अर्ब रहेको थियो । मधेश प्रदेशको गार्हस्थ्य उत्पादन १३.१ प्रतिशत रहेको छ । मधेश प्रदेशमा कूल विनियोजन बजेटको चैत्र मसान्तसम्ममा २१.४२ प्रतिशतले खर्च भएको छ । चालु आर्थिक वर्षको २०८० जेठ १७ गतेसम्ममा मधेश प्रदेशको कूल राजश्व २२ खर्ब ४२ करोड रहेको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । मधेश प्रदेशमा बैक तथा वित्तीय संस्थाहरूको सङ्ख्या तथा कारोबार पनि बढी रहेको मधेश प्रदेशका अर्थमन्त्रीले पेश गर्नु भएको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । आर्थिक सर्वेक्षणमा नेपालमा कूल श्रम स्वीकृति मध्ये सबैभन्दा बढी श्रम स्वीकृतिमा मधेश प्रदेशका ६ जिल्लाबाट लिएको पाइएको छ । प्रदेश सरकारले पेश गरेको आर्थिक सर्वेक्षणको आधारको रुपमा राष्ट्रिय तथ्याङ्क कार्यालय तथा नेपाल राष्ट्र बैङ्कको तथ्यांकहरुलाई एकीकृत गरेर आर्थिक सर्वेक्षण तयार पार्ने काम भएको छ ।साभार : रेडियो नेपाल
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
15 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
15 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 दिन पहिले