बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ अभिभावक सम्मानित
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जलेश्वर, असार ५ गते । बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ जना अभिभावकलाई यहाँ सम्मान गरिएको छ। मटिहानी नगरपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाले बालविवाह न्यूनीकरण गर्ने उद्देश्य साथ उमेर पूरा गरी छोरीलाई विवाह गर्ने अभिभावकलाई प्रोत्साहन गर्न सम्मान गरेको हो। नगरपालिका क्षेत्रमा ३७ प्रतिशतभन्दा बढी बालविवाह अझै पनि हुने गरेकाले सो प्रतिशत घटाउन अभिभावकलाई नै सम्मान गरेर प्रोत्साहन गरेको नगर प्रमुख हरिप्रसाद मण्डलले बताउनुभएको छ। अभिभावकलाई नगर प्रमुख मण्डल र प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो। बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले वडाले सिफारिस गरेका अभिभावकलाई सम्मान गरिएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दासले बताउनुभएको छ। प्रमुख जिल्ला अधिकारी पहाडीले बालविवाह सामाजिक अपराध भएको बताउँदै अझै समाजमा बालविवाह जस्तो सामाजिक कुरीति व्याप्त रहेकोले त्यसको अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो। साभार : गोरखापत्र
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
15 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
15 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 दिन पहिले