Janakpurdham
Wed, Mar 25, 2026
`

‘आमसञ्चार प्राधिकरणलाई सबल बनाउनु पर्छ’

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

लहान, असार १२ गते । मधेश प्रदेश अन्तर्गत सञ्चार क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारद्वारा गठित आमसञ्चार प्राधिकरणलाई सबल बनाउनुपर्ने धारणा व्यक्त गरिएको छ। सोमबार यहाँ आयोजित एक कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले प्राधिकरणलाई काम गर्न आवश्यक वातावरण तयार हुन नसकिरहेको बताउनुभयो। आठवटै जिल्लामा सञ्चार क्षेत्रको समस्या समाधान गर्न तथा मिडियालाई सशक्त बनाउन प्राधिकरणलाई जनशक्ति र स्रोत साधन उपलब्ध नहुँदा समस्या भइरहेको उहाँले प्रष्ट पार्नुभयो। प्राधिकरण स्वायत निकायको कल्पना गरिए पनि काम गर्न समस्या रहेको भन्दै अध्यक्ष यादवले भन्नुभयो, “गाडी सुविधा त दिएको छ तर कार्यालय व्यवस्थापन कर्मचारी नभएर चिठीसमेत आफैले बाँडनु परिरहेको छ। जनशक्ति र साधन स्रोत छैन। तै पनि १५० जना पत्रकारको दुर्घटना बिमा गर्न सफल भएका छौँ।” पत्रकारहरूले भोगिरहेको समस्या समाधान गरी आत्मनिर्भर पत्रकारिताका लागि सरकारलाई दवाव सिर्जना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। सञ्चार प्रतिष्ठानले लिएको उद्देश्य पूर्तिका लागि सहयोग गर्ने वचनबद्धता प्रकट गर्दै मधेश प्रदेश सभा सदस्य जीवछी यादवले प्रतिष्ठानलाई सबल बनाउन आफूले आवाज मात्रै होइन, पत्रकारहरूले थाल्ने आन्दोलनमा सक्रिय सहभागितासमेत जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। मधेश प्रदेशमा ७१६ वटा विभिन्न मिडिया दर्ता भए पनि थोरै मिडिया सञ्चालनमा रहेको, पत्रकारिताबाट गुजारा चल्ने अवस्था नहुँदा पत्रकारहरू अन्य पेसा रोज्न र पलायन हुने अवस्था रहेको उल्लेख गर्दै कार्यक्रममा सहभागीले सञ्चार क्षेत्रमा आवश्यक बजेट व्यवस्थापन, विज्ञापनमा स्थानीय पत्रपत्रिकालाई प्राथमिकता दिइनुपर्ने लगायतका विषय राख्नुभएको थियो।   साभार : गोरखापत्र 

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

13 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

13 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

2 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

3 दिन पहिले