Janakpurdham
Wed, Mar 25, 2026
`

मधेशको स्वास्थ्य निर्देशनालयले भन्यो- असार मसान्तभित्र सूचीकृत नगराउने स्वास्थ्य संस्थालाई कारबाही

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै निजी स्वास्थ्य संस्थाहरूलाई असार मसान्तभित्र अनिवार्य स्वीकृति लिन सूचना जारी गरेको छ ।प्रदेशका धेरै निजी स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा छन् । दर्ता रहेको स्वास्थ्य संस्था पनि मापदण्ड पालना नगरेको व्यापक गुनासो छ । त्यसैले कानूनी दायरामा ल्याउन स्वास्थ्य निर्देशनालयले ०८० असार मसान्तभित्र अनिवार्य रूपमा सबै स्वास्थ्य संस्थालाई सूचीकृत गराउन सार्वजनिक सूचना जारी गरेको हो ।निर्देशनालयले भनेको छ, ‘प्रदेशका विभिन्न पालिका/जिल्लामा विभिन्न निकायबाट अनुमति लिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरू ९निजी अस्पताल, क्लिनिक, डाइगनोस्टिक सेन्टर०लाई २०८० असार मसान्तभित्र अनिवार्य रूपमा यस निर्देशनालयमा सूचीकृत गराउन अनुरोध छ ।कुनै निकायबाट स्वीकृत नभएका स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गरी असार मसान्तभित्र अनिवार्य अनुमति लिन समेत निर्देशनालयले निर्देशन दिएको छ । साथै असार मसान्तभित्र सूचीकृत नगराउने संस्थालाई कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।धनुषाको सपहीमा रहेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा रहेको छ ।साभार : नेपाल प्रेस

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

13 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

13 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

2 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

2 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

3 दिन पहिले