समाज रूपान्तरणमा गोरखापत्रको योगदान महत्त्वपूर्ण : मन्त्री यादव
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
लालगढ (धनुषा), असार १४ गते । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णकुमार यादवले राष्ट्रको विकासमा गोरखापत्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । मधेस प्रदेशका समाचारदाताहरूका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रममा आज मन्त्री यादवले सो कुरा बताउनुभएको हो । आम सञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा गोरखापत्र संस्थानको समन्वयमा आयोजित कार्यक्रममा मन्त्री यादवले समाजका सकारात्मक पक्षमा सञ्चार माध्यममले ध्यान दिनुपर्ने चर्चा गर्नुभयो । समाज रूपान्तरणमा सञ्चार माध्यम बलियो शक्ति भएको बताउनुहुँदै उहाँले गोरखापत्रजस्तो इतिहास बोकेको पत्रिकाले नागरिकको जनविश्वासमा कमी हुन नदिनेतर्फ सदैव चनाखो हुनुपर्ने बताउनुभयो । गृह तथा सञ्चार मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव उत्तम खरेलले सञ्चारकर्मीले निश्चपक्ष समाचार लेखन तथा सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले गोरखापत्रप्रतिको पाठकको भरोसा र विश्वास जोगाइ राख्ने मुख्य चुनौती रहेकाले त्यसतर्फ ध्यान दिन नेतृत्वलाई सुझाव दिनुभयो । गोरखापत्रलाई प्रतिस्पर्धी बनाउन संरचनागत सुधारको खाँचो रहेको उहाँको भनाइ छ ।जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले सङ्घीयतालाई सशक्त बनाएर अघि बढ्न सकेमा मिडिया पनि जीवित रहने बताउनुभयो । गोरखापत्र समाजको रूपान्तरणमा निरन्तर पहरेदारी गर्दैआएकाले यसको महत्त्व रहेको बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानका प्रकाशनको संरचनागत सुधार गर्दै प्रकाशन आरम्भ गरिएको बताउनुभयो । गोरखापत्र राज्यको पत्रिकामात्र नभई नागरिकप्रति जिम्मेवार पत्रिका रहेको उहाँको भनाइ छ । आगामी दिनमा गोरखापत्र संस्थानका प्रकाशनलाई थप प्रविधिमैत्री र परिष्कृत गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

मधेस प्रदेशका आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्ण, प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रसिंह कुशवाह लगायतले मन्तव्य राख्नुभएको थियो । साभार : गोरखापत्र
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
13 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
13 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
2 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
2 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 दिन पहिले